कञ्चनपुरका वडाध्यक्षको तरकारी खेती मोह, साँझ अबेरसम्म तरकारी बारीमा व्यस्त
२०८१ पुस २७ गते । शुक्लाफाँटा। कञ्चनपुरका शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् । साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पु¥याएर बेच्छन् । यो कार्य उनले तीन वर्षदेखि निरन्तर रूपमा गर्दै आएका छन् । दिउँसोपख भने अधिकांश समय चौधरीको वडाको कार्यमा बित्ने गर्छ ।