मिडिया विधेयक फिर्ताको माग राख्दै हस्ताक्षर

कञ्चनपुर- प्रस्तावित मिडिया विधेयक फिर्ताको माग राख्दै कञ्चनपुरमा समेत हस्ताक्षर गरिएको छ । बुधबार नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले महेन्द्रनगरमा हस्ताक्षर संकलन गरेको हो । महासंघ कञ्चनपुरका अध्यक्ष विष्णू दत्त अवस्थीले विधेयक पत्रकारको हित विपरित भएकाले सरकारले फिर्ता लिनुपर्ने माग अघि सारेर हस्ताक्षर अभियान संकलन गरिएको बताए । अध्यक्ष अवस्थीले केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा समेत हस्ताक्षर अभियान संकलन गरिएको बताए ।

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष चित्राङ्ग थापाले संचारक्षेत्रलाई नै निस्तेज पार्ने खालका विधेयक ल्याउन नहुने तर्क गर्दै पत्रकार आफैले सीमा नाग्न नहुनेमा जिकिर गरे । भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष लक्ष्मीदत्त बोहराले लोकतन्त्रका पक्षधर मिडिया भएकाले लोकतन्त्र नै मास्ने हिसाबले सरकारले ल्याउन लागेको विधेयक फिर्ता लिनुको विकल्प नभएको बताए । मिडिया विधेयक फिर्ता नलिए शसक्त आन्दोलन गर्ने पत्रकार महासंघले चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस