सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

२०८१ चैत्र ८, शुक्रबार । सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो।
कैलाली, कञ्चनपुरमा बसोबास रहेको यो समुदायले होरी पर्वको अन्तिम दिन खख्डेहरा फुटाएर होरीको समापन गर्ने गर्दछन्। सो पर्वको अवसरमा प्रदेशभर शुक्रबार सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ।
एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको महत्वपूर्ण दिन खख्डेहरा मानिन्छ। माघ पूर्णिमादेखि रानाथारु समुदायको होरी पर्व सुरु भएको थियो।
खख्डेहरा फुटाएपछि पुरुषको होरी समापन हुने गरेको चलन रहेको छ। महिलाले भने चैतको चराइँमा होरी समापन गर्ने चलन रहेको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक बढ्दै , चैतमै ५२० जना पुगे
२०८१ चैत्र ३० । सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय क्षेत्रहरूमा शुक्लाफाँटा एक हो। कञ्चनपुर जिल्लामा रहेको सुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा
.png)
धनगढीको सीप मेलाबाटै १०४ जनालाई रोजगारी
शनिबार, २३ चैत २०८१ धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सीप मेलाबाटै एक सय चार जनाले रोजगारी पाएका छन्। फागुन ८ गतेदेखि चैत १५

दैजीदेखी अत्तरियासम्मको पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति गरिँदै
२०८१ चैत्र १७, कञ्चनपुरः कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीबाट कैलालीको अत्तरियासम्मको राजमार्गलाई खाल्डाखुल्डीरहित बनाउने कार्य अगाडि बढेको
प्रतिकृया दिनुहोस