दैजीदेखी अत्तरियासम्मको पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति गरिँदै

२०८१ चैत्र १७, कञ्चनपुरः कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीबाट कैलालीको अत्तरियासम्मको राजमार्गलाई खाल्डाखुल्डीरहित बनाउने कार्य अगाडि बढेको छ।

 

जिल्लास्थित सडक डिभिजन कार्यालयले राजमार्गमा पटके मर्मत तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रियामार्फत काम अगाडि बढाएको हो। 

 

कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीबाट कैलालीको अत्तरियासम्मको ३४ किलोमिटर सडक मर्मत र स्तरोन्नति गर्न ६९ लाख २९ हजार बजेटमा एमएस निर्माण सेवा गुरुखोला बैतडीलाई ठेक्का दिइएको छ। ठेक्का सम्झौताअनुसार आगामी जेठ मसान्तभित्र राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्ने, स्तरोन्नति गरी कालोपत्र गरी सक्नुपर्ने सडक डिभिजन कार्यालयका सूचना अधिकारी हरिशप्रसाद जोशीले बताए। 

 

“राजमार्ग क्षेत्रमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको छ। सोको न्यूनीकरण गर्न र यात्रा सहज बनाउन पहल थालेका छौँ”, उनले भने, “सवारीसाधन गुडाउनका लागि हुने समस्या निराकरणका लागि पटके मर्मतको कार्य अगाडि बढाएका हौँ।” राजमार्गलाई खाल्डाखुल्डीरहित बनाउने उद्देश्यले कार्य भइरहेको उनको भनाइ छ।

साभार : दिनेस खबर ।

प्रतिकृया दिनुहोस

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक बढ्दै , चैतमै ५२० जना पुगे

२०८१ चैत्र ३० । सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय क्षेत्रहरूमा शुक्लाफाँटा एक हो। कञ्चनपुर जिल्लामा रहेको सुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

धनगढीको सीप मेलाबाटै १०४ जनालाई रोजगारी

शनिबार, २३ चैत २०८१ धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सीप मेलाबाटै एक सय चार जनाले रोजगारी पाएका छन्। फागुन ८ गतेदेखि चैत १५

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

२०८१ चैत्र ८, शुक्रबार । सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर