बैतडीमा पहिलो पटक नगरबस सञ्चालन

२०८१ साल चैत २६गते, बैतडी। बैतडीमा पहिलो पटक नगरबस सञ्चालनमा आएको छ । सदरमुकाम स्थित दशरथचन्द नगरपालिकाले नगर स्थापना दिवसको अवसरमा ३२ सिटको नगरबस सञ्चालनमा ल्याएको हो ।
आइतबार नगरपालिकाको तेश्रो स्थापना दिवस तथा २९औं वार्षिकोत्सवका अवसरमा नगर प्रमुख पुष्करराज जोशी लख्खाभइ आफैले बस चलाएर उद्घाटन गर्नुभयो । ४९ लाख रुपियाँमा खरिद गरिएको ३२ जनाको सिट क्षमता रहेको नगरबसमा सिसी क्यामेरा, वाईफाई, पङ्खा र जिपिएस जडान गरिएको छ ।
वि।सं।२०५४ साल चैत २४ गते स्थापना भएको दशरथचन्द नगरपालिका देशका पुराना ५८ नगरपालिका मध्ये एक हो । स्थानीय तहको दोश्रो निर्वाचन २०७९ सालमा पुष्करराज जोशी नगरबस सञ्चालन गर्ने चुनावी घोषणापत्र लिएर निर्वाचित हुनुभएको थिए।
जनतासँग गरेको चुनावी बाँचा अनुसार नगरबस सञ्चालनमा ल्याउँन पाउँदा खुसी लागेको उहाँले बताउए। कार्यविधि बनाएर नगरबस पञ्चालनमा ल्याइएको उहाँले स्पष्ट पार्नुभयो । बैतडीमा दशरथचन्द नगरपालिकासहित चार नगरपालिका र छ वटा गाउँपालिका रहेका छन् । यी मध्ये दशरथचन्दले पहिलो पटक नगरबस सञ्चालन गरेको छ ।
नगरबस सेवाको औपचारिक रूपमा उद्घाटन भए पनि नयाँ वर्षदेखि नियमित रूपमा सेवा सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत नवीनचन्द्र पाण्डेयले बताउए । उहाँले भने,“सतबाँझ चौराहबाट झुलाघाट नाकासम्म बस सञ्चालन हुने छ ।
नगरबस सञ्चालन हुँदा भारतबाट त्रिपुरासुन्दरी र निङलासैनी मन्दिरको दर्शन गर्न आउने धार्मिक पर्यटकलाईसमेत सहज हुने छ । भारतको पिथौरागडबाट बर्सेनि हजारौं तिर्थालु नेपालका मठमन्दिरको दर्शनका लागि आउने गरेका छन् ।
साभार - निगरानी खबर

दमकमा आज एमालेको जागरणसभा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
२०८१ चैत ३० गते झापा । आज दमकमा हुने विशाल जागरणसभालाई प्रधानमन्त्री एवं नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । लोकतान्त्रिक

दुर्गा प्रसाई भारतको आसाम राज्यबाट पक्राउ, प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आफै आत्मसमर्पण गरेको प्रसाईंको सचिवालयको भनाई, दुर्गा प्रसाईँ पक्राउ परेका छैनन् - प्रहरी
२०८१ चैत २९ गते । मेडिकल व्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन् । प्रहरीको उच्च स्रोतले प्रसाइलाई भारतको आसामबाट पक्राउ गरिएको दाबी

प्रजातन्त्र पुनःस्थापनाको सम्झनामा आज विभिन्न कार्यक्रम गरी जनआन्दोलन दिवस मनाइँदै
चैत्र २६ गते, २०८१ नेपालमा प्रजातन्त्र पुनःस्थापनाको ऐतिहासिक दिनको अवसरमा आज विभिन्न कार्यक्रमहरू आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ। विसं २०४६
प्रतिकृया दिनुहोस