‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङलाई

२०८१ भदौ २ गते आईतबार, काठमाडौं । ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि जितिन् ।

 

विजेतालाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले पुरस्कार प्रदान गरे । जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । अन्य फाइनलिस्टलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।

 

कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए । कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरे ।

 

तेस्रो सिजनको मुख्य प्रायोजकमा वात्साल्य न्याचुरल आइभीएफ थियो । फिनालेमा कोच र तिनका प्रतिस्पर्धीले सांगीतिक प्रस्तुति दिएका थिए । दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता चुनिएको हो ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिमेली डेउडा गायिका रेखा जोशी सम्मानित

२०८१ भदौ ३० गते आईतबार, कञ्चनपुर । डेउडा गाडिका रेखा जोशी सम्मानित भएकी छन्। सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी संघको १७ औ वार्षिक साधारण सभामा

विष्णु माझीको यसपालिको तीज गीत आइनँ आमा‘ सार्वजनिक

लोक संगीतप्रेमी स्रोता–दर्शकको जिज्ञासा थियो– विष्णु माझीको गीत कहिले आउँछ ।    पछिल्ला वर्ष अरू समयमा उनका गीत नआए पनि तीजमा सधैं ल्याउने

छक्कापञ्जा ५ र ज्वाइँसाब भिड्दै

२०८१ श्रावण ३०, बुधबार । हास्य टेलिशृङ्खला तितो सत्यकै समयदेखि हास्यव्यङ्ग्य गतिविधिमा सँगसँगै रहेका दीपकराज गिरी र जितु नेपाल यति बेलाचाहिँ