विष्णु माझीको यसपालिको तीज गीत आइनँ आमा‘ सार्वजनिक

लोक संगीतप्रेमी स्रोता–दर्शकको जिज्ञासा थियो– विष्णु माझीको गीत कहिले आउँछ ।
पछिल्ला वर्ष अरू समयमा उनका गीत नआए पनि तीजमा सधैं ल्याउने गरेकी छन्। त्यसैले यसपालि पनि उनको स्वरका प्रशंसकहरू नयाँ गीत पर्खिरहेका थिए।
अन्ततः विष्णु माझीको यसवर्षको तीज गीत युट्युबमा सार्वजनिक भएको छ। शनिबार बिहान युट्युबमा सार्वजनिक आइनँ आमा।। बोलको गीतमा उनको एकल स्वर छ।
एकै झल्को देख्न मन छ
तिम्रो आँगन टेक्न मन छ
आइनँ आमा ओ यो तीजैमा
पुतलीको भट्टी भाग २०’ अन्तर्गत सार्वजनिक गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्। सुन्दरमणिकै निर्देशनमा तयार भिडिओमा मोडल ललिता फिचर्ड छिन्।
मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन्। विष्णुले २० वर्षदेखि निरन्तर तीज गीत सार्वजनिक गर्ने गरेकी छन्। म्युजका हिसाबले ‘चरी जेलैमा’ उनको सबभन्दा चर्चित तीज गीत हो।
पुतलीको भट्टी भाग २० पनि विष्णु माझीको आफ्नै सपना म्युजिक इन्ड्रष्टिजको युट्युबमा गीत सार्वजनिक छ।

सुदूरपश्चिमेली डेउडा गायिका रेखा जोशी सम्मानित
२०८१ भदौ ३० गते आईतबार, कञ्चनपुर । डेउडा गाडिका रेखा जोशी सम्मानित भएकी छन्। सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी संघको १७ औ वार्षिक साधारण सभामा

‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङलाई
२०८१ भदौ २ गते आईतबार, काठमाडौं । ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी

छक्कापञ्जा ५ र ज्वाइँसाब भिड्दै
२०८१ श्रावण ३०, बुधबार । हास्य टेलिशृङ्खला तितो सत्यकै समयदेखि हास्यव्यङ्ग्य गतिविधिमा सँगसँगै रहेका दीपकराज गिरी र जितु नेपाल यति बेलाचाहिँ
प्रतिकृया दिनुहोस