आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा आज नेपालले क्यानडासँग खेल्दै

२०८१ असोज ०६ गते आइतबार, । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ।

 

खेल किंग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ। यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो।

 

आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भयो। शृङ्खलामा नेपाल, ओमान र क्यानडा सहभागी छन्।
यो शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले असोज ८ गते ओमान खेल्नेछ। सन् २०२७ को विश्वकप छनोटको रूपमा रहेको लिग–२ मा आठ वटा टोलीको सहभागिता छ।

 

तालिकामा नेपाल ६ खेलमा दुई अङ्कसहित सातौँ स्थानमा छ।

प्रतिकृया दिनुहोस

छबिसपाथिभेरा १ मा प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि बिबिध साँस्कृतिक कार्यक्रम हुँदै

२०८१ असोज १४ गते सोमबार, बझाङ । बझाङको छबिसपाथिभेरा गाउँपालिका १ मा प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि बिबिध साँस्कृतिक कार्यक्रम हुने

टी(२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

२०८१ असोज १३ गते आइतबार, । टी(२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ। नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो

नेपाल प्रिमियर लिगका लागि ८ जना मार्की खेलाडी सार्वजनिक

२०८१ भदौ २८ गते शुक्रबार, काठमाण्डौ । नेपाल प्रिमियर लिग एनपीएल का लागि मार्की खेलाडी सार्वजनिक गरिएको छ । रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी,