कञ्चन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न

झलारी, १६ पुस। शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारीमा केन्द्रीय कार्यालय रहेको कञ्चन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औँ वार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष जोगी सिंह सोवको सभापतित्व एवं सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विनिता चौधरीको प्रमुख आतिथ्यतामा शनिवार कार्यक्रम सम्पन्न भएको हो ।

 

संस्थाले करिब १ अर्ब २२ करोडको कारोबार गरी रु ३५ लाख ९० हजार ३ सय २६ मुनाफा आर्जन गर्न सफल भएको छ । यो नाफा चालु आर्थिक वर्ष २०७९र०८० मा ६६।७० प्रतिशतले वृद्धि गरेर ५९ लाख ८५ हजार १ सय ४ पुर्याउने संस्थाको लक्ष्य छ । अहिले संस्थाको कुल सम्पत्ति १५ करोड ६३ लाख २६ हजार ६ सय १० रहेकामा यस चालु आर्थिक वर्षमा ३५।०३ प्रतिशतले वद्धि गर्दै २१ करोड १० लाख ८२ हजार ४ सय ८७ पुर्याउने लक्ष्य संस्थाले लिएको छ ।शेयर पूँजी रु १ करोड ९३ लाख १ सय रहेको संस्थाले गत आर्थिक वर्ष २०७८र०७९ मा रु ४ करोड ५९ लाख ९२ हजार ९३ बचत गरेको छ । चालु आर्थिक वर्षमा शेयर पूँजी २९।५३ प्रतिशत वृद्धि गरेर २ करोड ५० लाख पुर्याउने लक्ष्य राखिएको छ । संस्थामा अहिले लगानीमा रहेको ऋण रु १३ करोड २८ लाख ६९ हजार ७ सय ४८ छ ।  

 

४ वटा सेवा केन्द्र मार्फत आफ्नो कार्य गरिरहेको सहकारीमा हाल ३ हजार ७ सय ९६ जना शेयर सदस्य रहेका छन् भने यस चालु आर्थिक वर्षमा सो संख्यामा ३९।५१ प्रतिशत वृद्धि गरेर ५ हजार २ सय ९६ पुर्याउने लक्ष्य सहकारी संस्थाको रहेको छ । कञ्चन बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा रु ४ करोड ५९ लाख ९२ हजार ९३ निक्षेप संकलन गरेको छ । संस्थाले सहकारीमा भइरहेका प्रविधिहरुलाई व्यवस्थित ढंगबाट प्रयोग गर्ने,वेभसाइट सुरु गर्ने,बजार प्रतिनिधिलाई मोबाईल ट्याब्लेट उपलब्ध गराई प्रविधि मैत्री बनाउने लक्ष्य राखेको संस्थाका अध्यक्ष जोगी सिंह सोवले बताए ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विनिता चौधरीले सहकारीका माध्यमबाट रोजगारीको सृजना गरिनु पर्ने बताएकी छन् । कार्यक्रममा बोल्दै उनले सहकारीले आवद्ध सबै सदस्य माथि समान व्यवहार गर्नु पर्ने बताइन् ।‘सहकारीले बचत र ऋण लगानी गरेर मात्रै हुदैन’ उनले भनिन्, ‘उत्पादन बृद्धि गर्ने कार्यक्रम सञ्चालन गरी लगानी गर्नु पर्दछ ।’ प्रदेश सरकारले उत्पादन संग जोडिएका सहकारीलाई प्रोत्साहन गर्ने नीति अख्तियार गरेको उनले जानकारी दिइन् । सहकारीले उद्योग, व्यवसायिक कार्यमा लगानी गरि बैदेशिक रोजगारीमा जाने युवाहरुलाई स्थानीय स्तरमै रोजगारी दिनु पर्ने उनको भनाई थियो । त्यस अवसरमा मन्त्री चौधरीले अनुदानका लागि मात्रै खोलिएका सहकारीलाई निरुत्साहीत गर्न प्रदेश सरकारले कार्य गरेको उल्लेख गर्दै सहकारीको उद्देश्य अनुरुप कार्य नगर्नेलाई अनुदान नदिईएको स्पष्ट पारिन् ।


सहकारीको प्रदेश स्तरबाट संयन्त्र निर्माण गरी अनुगमन गरी निस्कृय भएका सहकारीलाई समायोजन ९मर्जर० गरी सुधार गर्दै लैजानु पर्नेमा उनको जोड थियो । ‘बैंकको झन्झटिलो प्रक्रियाका कारण सर्वसाधारणले ऋण लिन निकै समस्या झेल्नु पर्ने हुन्छ’ उनले भनिन्, ‘सहकारीमा आवद्ध सदस्यले सहज रुपमा ऋण पाउने गरेका छन् ।’ वित्तिय कार्यक्रम सहकारीबाटै सञ्चालन हुन थालेपछि सदस्यहरुलाई व्यवसायिक कार्यमा लगानी गर्न थप मद्दत पुगेको मन्त्री चौधरीकोे भनाई थियो ।सहकारीको नव निर्मित भवनको सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री चौधरीले उद्घाटन गर्नु भएको थियो । सहकारीको भवन मन्त्रालयको रु १९ लाख अनुदानमा निर्माण गरिएको हो ।

 

त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेशका निवर्तमान सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले उत्पादन संग सहकारीलाई जोड्नु पर्ने बताए । ‘सहकारीलाई उत्पादन संग जोड्दा बेरोजगार युवाहरुलाई स्वदेशमै रोजगारीका अवसर सृजना हुन्छन’ उनले भने, ‘सहकारीलाई टिकाई राख्न र सदस्यलाई आर्थिक भारबाट मुक्त गर्नका लागि दोहरोपना हटाउनु पर्ने हुन्छ । ’विशिष्ट अतिथि शुक्लाफाँटा नगरपालिकाका नगर उप प्रमुख कल्पना जोशी पन्तले सहकारीले गृहणीहरुलाई बचत गर्ने बानीको विकास गरेको बताइन् । उनले नगरभित्र रहेका सहकारीहरुसंग सहकार्य गर्दै आफुहरु अघि बढ्न खोजिरहेको बताउँदै नगरका विकासका निम्ति सहकारीसंग हातेमालो गर्दै अघि बढन् नगरपालिका तयार रहेको उल्लेख गरिन् ।  

 

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका अध्यक्ष जोगी सिंह सोवले गरेका थिए भने कार्यक्रमको सञ्चालन फुलेली सेवा केन्द्रका संयोजक तथा संस्थाका सञ्चालक समिति सदस्य भाष्कर भट्टले गरेका थिए । विभिन्न विधाका उत्कृष्ट ८ जनालाई सम्मान यस्तै कञ्चन बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट बचत,उत्कृष्ट ऋणी र उत्कृष्ट कर्मचारीहरुलाई साधारण सभामा सम्मान गरेको छ ।  संस्थाले उत्कृष्ट ज्येष्ठ नागरिक बचततर्फ शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ गर्जमुनिका कृष्ण विष्ट र उत्कृष्ट बाल बचतकर्ता शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ गणेशपुरका सन्देश महतालाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

 

यस्तै असल कारोबारी शुक्लाफाँटा १० का खुशीराम डगौंरा र बेदकोट १० का बिरेन्द्र राना र कृष्णपुर ६ बसन्तपुरका राम बहादुर रावललाई सम्मान गरिएको थियो । उत्कृष्ट महिला समुह अन्तर्गत शुक्लाफाँटा ९ नौखरीमा रहेको लालुपाते कञ्चन झलारी महिला समुहलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट शेयर लगानीतर्फ शुक्लाफाँटा १० का लाल बहादुर भट्ट सम्मानित हुँदा उत्कृष्ट कर्मचारीतर्फ दैजी सेवा केन्द्र प्रमुख ईश्वर प्रसाद पत्न सम्मानित भएक थिए । उनीहरुलाई पनि दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

पिपलाडी साना किसान सहकारीको साधारणसभा सम्पन्न, वार्षिक नाफा २० लाख 

झलारी। शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी साना किसान सहकारी संस्थाको नवौं साधारणसभा सम्पन्न भएको छ। आइतबार सहकारीका अध्यक्ष सृजना भण्डारीको

सुनको भाउ घट्यो, चाँदी स्थिर

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकेको छ । यो हिजोको भाउ भन्दा ६

धानमा राते रोग लागे डाइमेथिएट विषादी प्रयोग गर्न सुझाव

धानमा रोग लागेपछि पूर्वी नवलपरासीका अधिकांश किसान चिन्तित छन् । धान रोप्ने बेला सुरुमा बीउ र मल अभाव खेपेका किसानले अहिले रोगसँग सामना गर्नुपरेको हो