नेपालमा फेरी घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा प्रति लिटर २ रुपैयाँ घट्दा मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाईयो

२०८१ भदौ १६ गते आईतबार । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि पनि घटाएको छ।

 

निगमले हिजो सार्वजनिक गरेको विवरण अनुसार राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा २, मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाइएको छ।

 

यस्तै हवाई उडान आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ३७ डलरले घटाइएको छ। ग्यासमा बढेर आएपनि हाललाई यथावत राखिएको छ ।

 

निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः रु एक सय ६०।५०, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः रु एक सय ५१।५०, एक सय ५३ र एक सय ५४ तोकेको छ ।

 

आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर रु एक सय ३२ कायम गरिएको छभने अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार पाँच तोकिएको छ ।

प्रतिकृया दिनुहोस

दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने

२०८१ भाद्र १८ गते मंगलवार, काठमाडौं । यस पटकको दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने भएका छन् ।   नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा। डिल्लीराम

पिपलाडी साना किसान सहकारीको साधारणसभा सम्पन्न, वार्षिक नाफा २० लाख 

झलारी। शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी साना किसान सहकारी संस्थाको नवौं साधारणसभा सम्पन्न भएको छ। आइतबार सहकारीका अध्यक्ष सृजना भण्डारीको

कञ्चन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न

झलारी, १६ पुस। शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारीमा केन्द्रीय कार्यालय रहेको कञ्चन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औँ वार्षिक साधारण सभा