पिपलाडी साना किसान सहकारीको साधारणसभा सम्पन्न, वार्षिक नाफा २० लाख 

झलारी। शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी साना किसान सहकारी संस्थाको नवौं साधारणसभा सम्पन्न भएको छ। आइतबार सहकारीका अध्यक्ष सृजना भण्डारीको अध्यक्षता र शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महराको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो। सहकारी संस्थासँग सहकार्य गरेर कृषि क्षेत्रमा काम गर्न नगरपालिका तयार रहेको नगर प्रमुख महराले बताए।

 

‘सहकारीको पूँजिलाई सदुपयोग गर्न जान्नुपर्छ,’ उनले भने, ‘जुन उदेश्यका लागि कर्जा लिइन्छ, त्यहीँ अनुसार काम गर्दा समस्या हुँदैन्, कृषि क्षेत्रमा काम गर्ने सहकारीसँग सहकार्य गर्न नगरपालिका तयार छ।’ सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीको क्षमता अभिबृद्धिका लागि नगरपालिकाले कार्यक्रम गर्ने उनले बताए। ‘सहकारीमा आबद्ध नागरिकको जिविकोपार्जनमा सहज हुने खालका कार्यक्रम बनाउनुपर्छ,’ उनले भने, ‘कृषि क्षेत्रमै लागेर आत्मनिर्भर बन्न सकिन्छ।

 

सबै वडाका नागरिक कृषि क्षेत्रमा आबद्ध छन्, तरकारीमा नगरपालिका आत्मनिर्भर भएको छ।’ संस्थाको प्रगति प्रतिवेदन तथा आयव्याय सहकारीका प्रबन्धक माधबी गिरीले प्रस्तुत गरेकी थिइन्। सहकारी संस्थाले असार मसान्तसम्म २ सय ८ समूह गठन, ९ वटा अन्तर समुह गठन, ७९ लाख २७ हजार रुपैयाँ सेयर रकम संकलन, ९९ लाख ९५ हजार रुपैयाँ समुह बचत संकलन, दैनिक बचत कार्यक्रमबाट २ लाख ७० हजार संकलन गरेको छ। यसैगरी, ग्राहक सुरक्षा कोष ५१ लाख ४३ हजार, बालबचततर्फ ६ लाख ८८ हजार, भवन निर्माण कोषमा १ लाख १४ हजार, अन्तरसमुह कोषमा १ लाख १४ हजार, कर्मचारी सञ्चय कोषमा ५ लाख ७३ हजार, ब्यक्तिगत बचत २१ लख ३४ हजार संकलन गरेको छ।

 

त्यस्तै, ऋण लगानी कार्यक्रममा ६ करोड १० लाख ९५ हजार, ऋण असुलीतर्फ ३ करोड ४१ लाख ९८ हजार, ब्याज असुलीतर्फ ७३ लाख ८९ हजार, लगानीमा रहेको ऋण ६ करोड ६२ लाख ६८ हजार, संस्थाले लिएको ऋण ३ करोड २६ लाख ६० हजार, ऋणफिर्ता ९७ लाख ५६ हजार गरेको छ। सहकारीले एक वर्षमा ७७ लाख ८ हजार आम्दानी गरेको छ भने खर्च ५६ लाख ८४ हजार गरेको छ। सहकारीको वार्षिक नाफा २० लाख २३ हजार छ। 

प्रतिकृया दिनुहोस

कञ्चन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न

झलारी, १६ पुस। शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारीमा केन्द्रीय कार्यालय रहेको कञ्चन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औँ वार्षिक साधारण सभा

सुनको भाउ घट्यो, चाँदी स्थिर

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकेको छ । यो हिजोको भाउ भन्दा ६

धानमा राते रोग लागे डाइमेथिएट विषादी प्रयोग गर्न सुझाव

धानमा रोग लागेपछि पूर्वी नवलपरासीका अधिकांश किसान चिन्तित छन् । धान रोप्ने बेला सुरुमा बीउ र मल अभाव खेपेका किसानले अहिले रोगसँग सामना गर्नुपरेको हो