ब्राजिलमा सामाजिक सञ्जाल ‘एक्स माथि प्रतिबन्ध

२०८१ भदौ १७ गते सोमबार, एजेन्सी । ब्राजिलको सर्वोच्च अदालतले ट्विटरको रुपमा चिनिने सामाजिक सञ्जाल एक्सलाई ब्राजिलमा तत्कालै प्रतिबन्ध लगाउन आदेश दिएको छ।
सर्वोच्च अदालतका एक न्यायाधिशले ब्राजिलमा एक कानुनी प्रतिनिधिलाई पहिचान गर्नका लागि ट्विटरलाई दिएको समयसीमा सकिएपछि यस्तो फैसला आएको हो। सोही विषयलाई लिएर सर्वोच्च अदालतका न्यायाधिश अलेक्जेन्डर डे मोरेस र ट्विटरका मालिक एलन मस्कबीच केही समययता विवाद हुँदै आएको थियो।
उक्त विवादका बीच एलन मस्कले सुरक्षा खतरा रहेको भन्दै ब्राजिलस्थित ट्विटरको कार्यालय नै बन्द गरेका थिए। मस्कले गत साता मात्रै न्यायाधिश एलेक्जेन्डरले आफ्नो कम्पनीमाथि धम्की दिएको भन्दै आएका थिए। न्यायाधिश डे मोरेसले नै पछिल्लो पटक एक्सलाई पूर्ण र तत्काल निलम्बन गर्न आदेश दिएका हुन्।
जवकि एक्सले अदालतको आदेश पालना नगरेको न्यायाधिश मोरेसको भनाइ छ। यस्तै अदालतका सबै आदेश पालना नगरेसम्म नखोल्न पनि आदेशमा भनिएको छ। जवकि अदालतको आदेशमा ३ अर्ब २८ करोड डलरको जरिवाना पनि तोकिएको छ।
न्यायाधिश मोरेसले एक्सलाई निलम्बन आदेश कार्यान्वयन गर्न २४ घण्टाको अल्टिमेटम समेत दिएका छन्।

आतिशी बनिन् दिल्लीको तेस्रो महिला मुख्यमन्त्री
२०८१ असोज ०६ गते आइतबार, । भारतको दिल्ली प्रदेशमा आम आदमी पार्टीकी नेतृ आतिशी मुख्यमन्त्री बनेकी छिन्। उनलाई शनिवार उपराज्यपाल वीके सक्सेनाले

दोधारा चाँदनीलाई देशकै ठूलो नाकाका रुपमा विकास गर्छौं _ गृहमन्त्री लेखक
२०८१ भदौ २० गते बिहीबार,कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने बताउनुभएको छ

बाइडेनविरुद्ध महाभियोग मुद्दा दर्ता
२०८१ भदौ ०४ गते मंगलबार, एजेन्सी । कंग्रेसका रिपब्लिकनहरूले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता
प्रतिकृया दिनुहोस