दोधारा चाँदनीलाई देशकै ठूलो नाकाका रुपमा विकास गर्छौं _ गृहमन्त्री लेखक

२०८१ भदौ २० गते बिहीबार,कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने बताउनुभएको

 

दोधारा चाँदनी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनको आज समुद्घाटन गर्दै मन्त्री लेखकले दोधारा चाँदनीलाई त्रिदेशीय नाकाका रुपमा विकासगरी देशको सबैभन्दा ठूलो नाकाका रुपमा परिणत गर्ने बताउनुभयो

 

महाकाली नदीमा चार लेनको पक्की पुल बनिसकेको अब दोधारा चाँदनीमा सुुक्खा बन्दरगाह निर्माण हुन्छ, उहाँले भन्नुभयो, यो नाकालाई भारत चीनसँग जोडेर देशकै ठूलो नाकाका रुपमा विकास गर्छौं उहाँले निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा रहेको बताउँदै तिङ्करबाट नै मानसरोवर यात्राका लागि सुनिश्चितता हुने बताउनुभयो

 

 उद्योग, व्यापार वाणिज्य, पर्यटन सबैका लागि महत्त्वपूर्ण नाकाका रुपमा दोधारा चाँदनीलाई विकास गर्छौं, गृहमन्त्री लेखकले भन्नुभयो, यो त्यसै गफ गरेको होइन, उहिलेउहिले महाकालीमा झोलुङ्गे पुल बनाउँछौँ भन्दा हाँस्ने गरेको मैले सुन्या छु अहिले महाकालीमा चार लेनको पक्की पुल बनेको , गरेपछि बन्दो रहेछ उहाँले दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताउनुभयो

 

एकैदिन प्रहरीका दुई वटा भवन उद्घाटन

 

गृहमन्त्री लेखकले आज कञ्चनपुरमा नेपाल प्रहरीका दुई वटा भवन उद्घाटन गर्नुभएको भीमदत्त नगरपालिकास्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर दोधारा चाँदनी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको भवन उद्घाटन गर्नुभएको हो भवन उद्घाटन समारोहमा नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरसमेत सहभागी हुनुहुन्थ्यो

 

गृहमन्त्री लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताउँदै प्रहरीको नवनिर्मित भवनबाट सेवा प्रवाहमा सहज हुने बताउनुभयो

 

बाढी प्रभावित क्षेत्रको निरीक्षण

 

तीनदिने भ्रमणमा गृहजिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरका बाढी प्रभावित क्षनेत्रको स्थलगत अवलोकन गर्नुभएको मङ्गलबार कञ्चनपुरको पुनर्वास, बेलौरी बेल्डाँडी गाउँपालिकास्थित बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको थियो आज उहाँले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका भीमदत्त नगरपालिकाका बाढी प्रभावित क्षेत्रकोसमेत स्थलगत अवलोकन गर्नुभयो

 

निरीक्षणमा विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव डा भीष्मकुमार भुसालसहित बाढी प्रभावित क्षेत्र पुगेका मन्त्री लेखकले महाकाली, जोगबुढा दोदा नदीबाट हुने डुबान कटानको निरीक्षण गर्नुभयो बाढी प्रभावित क्षेत्रका स्थानीयले नदीमा पक्की तटबन्ध निर्माणको माग गरेका थिए

 

गृहमन्त्री लेखकले मन्त्रालयले तीनवटै नदीमा तटबन्ध निर्माण गर्नका लागि लागत अनुमान तयार गरेर ऊर्जा मन्त्रालयमार्फत नदी नियन्त्रणको काम गर्न आफू पहल गरिरहेको बताउनुभयो

प्रतिकृया दिनुहोस

ब्राजिलमा सामाजिक सञ्जाल ‘एक्स माथि प्रतिबन्ध

२०८१ भदौ १७ गते सोमबार, एजेन्सी । ब्राजिलको सर्वोच्च अदालतले ट्विटरको रुपमा चिनिने सामाजिक सञ्जाल एक्सलाई ब्राजिलमा तत्कालै प्रतिबन्ध लगाउन आदेश

बाइडेनविरुद्ध महाभियोग मुद्दा दर्ता

२०८१ भदौ ०४ गते मंगलबार, एजेन्सी ।  कंग्रेसका रिपब्लिकनहरूले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता

भारतमा आज ७८ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

२०८१ श्रावण ३१ गते बिहीबार, एजेन्सि । भारतमा आज ७८ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।   सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त