दूरसञ्चारले टिकटकको सबैखाले प्रतिबन्ध हटाएसँगै सबै इन्टरनेटमा टिकटक चल्यो

२०८१ भदौ २२ गते शनिबार, काडमाण्डौँ । सरकारले औपचारिक रूपमा टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टिकटकमाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाइएको जानकारी गराएको हो ।
प्राधिकरणले साउन ६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार टिकटक खुला गर्न सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन जारी गरिसकेको उक्त सूचनामार्फत जनाएको छ । यससँगै अब सबै नेटवर्कमा टिकटक चल्न थालेको छ । सामाजिक सद्भाव खलबल्याएको भन्दै २७ कात्तिक २०८० मा बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

धनगढीमा नदी कटान रोक्न ६ हजार बाँस रोपिँदै
२०८१ भदौ २६ गते बुधबार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले यो वर्ष ६ हजार बाँसका बिरुवा रोप्ने भएको छ। मङ्गलवार बाँस रोप्ने अभियानको

पहिलोपटक धनगढीमा खुला उड्ने चराको घर निर्माण गरियो
२०८१ भदौ १६ गते आईतबार, धनगढी । कैलालीको धनगढीमा पहिलोपटक खुला उड्ने चराको घर निर्माण गरिएको छ । खुला उडानले पछिल्लो समय हुँदै गरेको वनविनाश र

धनगढीबाट सुदर्शन टेलिभिजन प्रसारण
२०८१ भदौ १६ गते आईतबार, धनगढी। कैलालीको धनगढीबाट सुदर्शन टेलिभिजनले प्रसारण सुरु गरेको छ। राधाकृष्ण मिडिया नेटवर्क प्रालिले सञ्चालन गरेको
प्रतिकृया दिनुहोस