धनगढीबाट सुदर्शन टेलिभिजन प्रसारण

२०८१ भदौ १६ गते आईतबार, धनगढी। कैलालीको धनगढीबाट सुदर्शन टेलिभिजनले प्रसारण सुरु गरेको छ। राधाकृष्ण मिडिया नेटवर्क प्रालिले सञ्चालन गरेको टेलिभिजनको शनिवार उद्घाटन गरिएको छ।

 

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले टेलिभिजनको उद्घाटन गरेका हुन्। कानुन मन्त्री सार्कीले हाल बजारमा भइरहेकोे सञ्चार माध्यमको प्रतिस्पर्धामा सञ्चालनमा आएको बताए।

 

सुदर्शन टेलिभिजनले आम जनताका मुद्दालाई सशक्त रुपमा उठाउने विश्वास रहेको पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमाल जोशीले बताएका छन्। लामो समयदेखि सञ्चार क्षेत्रमा कार्यरत रहँदाको अनुभवलाई आगामी दिनमा अझै फरक तरिकाले कार्य गर्ने उद्देश्यले सुदर्शन टेलिभिजनलाई सञ्चालनमा ल्याइएको टेलिभिजनका अध्यक्ष महेशराज बडुले बताएका छन्।

 

पत्रकारिताको आचारसंहिताको पालना गर्दै सुदर्शनले आम जनताको आवाज बोल्ने उनको तर्क थियो।

प्रतिकृया दिनुहोस

धनगढीमा नदी कटान रोक्न ६ हजार बाँस रोपिँदै

२०८१ भदौ २६ गते बुधबार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले यो वर्ष ६ हजार बाँसका बिरुवा रोप्ने भएको छ। मङ्गलवार बाँस रोप्ने अभियानको

दूरसञ्चारले टिकटकको सबैखाले प्रतिबन्ध हटाएसँगै सबै इन्टरनेटमा टिकटक चल्यो

२०८१ भदौ २२ गते शनिबार, काडमाण्डौँ । सरकारले औपचारिक रूपमा टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै

पहिलोपटक धनगढीमा  खुला उड्ने चराको घर निर्माण गरियो

२०८१ भदौ १६ गते आईतबार, धनगढी । कैलालीको धनगढीमा पहिलोपटक खुला उड्ने चराको घर निर्माण गरिएको छ ।   खुला उडानले पछिल्लो समय हुँदै गरेको वनविनाश र