कम जन्मिन थाले छोरी, सबैभन्दा मधेश र सुदूरपश्चिममा, भविष्यमा बेहुली पाउन गाह्रो हुन सक्ने विज्ञको चेतावनी

चैत १, २०८१ – पछिल्लो २० वर्षमा शिशु जन्मिँदाको लैङ्गिक अनुपातमा अत्यधिक फरक आएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणना २०७८ बाट प्राप्त नतिजाका आधारमा आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार छोरीभन्दा छोरा जन्मिने क्रम बढेको हो ।

 

२०५८ सालको जनगणना अनुसार शिशु जन्मिँदाको लैङ्गिक अनुपात ९९।८  रहेकोमा २०७८ सालमा ११२ पुगेको कार्यालयले जनाएको छ । तथ्याङ्कले दम्पतीमा छोराको चाहना बढेको देखाउँछ । लैङ्गिक अनुपात बढी हुनुमा लिङ्ग पहिचान गरी गर्भपतन भएको मान्न सकिन्छ । प्रकृतिको नियम अनुसार छोरा र छोरीको अनुपात बढीमा ३ अङ्कले फरक पाइन्छ । त्यसमा पनि छोरीको सङ्ख्या बढी हुन सक्छ । सात प्रदेशमध्ये सबैभन्दा बढी लैंगिक अनुपात मधेशमा ११८ र सुदूरपश्चिममा ११६ रहेको छ ।

 

घट्दै जन्मदर

२००९ सालतिर देखिएको कोरा जन्मदर ४५–५० बाट घटेर २०७८ सालमा प्रति हजार १४।२ पुगेको छ । कोरा जन्मदरले प्रति एक हजार जनसङ्ख्यामा वार्षिक जीवित जन्महरूको सङ्ख्या दर्शाउँछ । यसले स्वास्थ्य सेवामा भएको सुधार, परिवार नियोजन कार्यक्रमको प्रभावकारिता र आर्थिक विकासमा आएको सुधारलाई प्रतिविम्बित गरेको छ । ग्रामीण क्षेत्रको कोरा जन्मदर १५।७ छ भने शहरी क्षेत्रको १३।६ प्रतिशत छ ।

 

प्रदेशगत रूपमा यो सूचकको मानमा उल्लेखनीय भिन्नता देखिएको छ । कोरा जन्मदर बागमतीमा सबैभन्दा न्यून ९११।५ प्रतिशत० छ भने कर्णालीमा सबैभन्दा उच्च ९१८।७ प्रतिशत० छ । नेपालको सामान्य प्रजननदर ५०।२ प्रतिशत रहेको छ । जसले १५४९ वर्ष उमेर समूहका प्रति एक हजार महिलामा जन्मदरलाई जनाउँछ । सामान्य प्रजननदर कर्णालीमा ९६७।९ प्रतिशत० र मधेशमा ९६०।४ प्रतिशत० उच्च रहेको छ भने बागमती प्रदेशमा ९३९।२ प्रतिशत० सबैभन्दा न्यून रहेको देखिन्छ । यस तथ्याङ्कले शहरीकरण र आर्थिक आयामहरूको प्रभावलाई सङ्केत गरेको छ ।

 

तथ्याङ्कले औपचारिक शिक्षा नभएका महिलाहरूको औसत सन्तान सङ्ख्या २।७१ देखाएको छ जबकि स्नातक वा उच्च शिक्षा प्राप्त महिलाहरूको हकमा यो मान केवल ०।१० रहेको छ । धनी परिवारमा कम सन्तान हुने प्रवृत्ति देखिन्छ जसले आयस्तर र प्रजननदरबीचको अन्तरसम्बन्धलाई उजागर गर्छ ।

 

उमेरविशिष्ट प्रजननदर

उमेर–विशिष्ट प्रजनन प्रवृत्तिहरूले सबै उमेर समूहमा भएको परिवर्तनलाई प्रतिविम्बित गरेका छन् । २०५८ देखि २०७८ सालसम्मको प्रवृत्ति हेर्दा २५३९ वर्षका महिलाहरूमा प्रजननदरमा विशेष गिरावट आएको छ । किशोरावस्था ९१५१९ वर्ष० को प्रजननदर २०५८ मा प्रति एक हजार महिलामा ७१ थियो जुन २०७८ सालमा घटेर ४७ पुगेको छ । यस्तो गिरावटले शिक्षाको भूमिकालाई उजागर गरेको छ ।  प्रजनन उमेरका खासगरी २०२४ वर्ष उमेर समूहमा रहेका महिलाहरूमा उच्चतम प्रजननदर देखिए पनि त्यो २०५८ को प्रति हजार २०३ बाट २०७८ सालसम्ममा घटेर १४९ पुगेको छ ।

 

किशोरावस्था ९१५१९० का महिलाहरूको प्रजननदर पनि सोचनीय छ । विशेषगरी मधेश ९८।५ जना प्रति हजार महिला० र कर्णाली ९७।५ जना प्रति हजार महिला० प्रदेश जहाँ छिटो विवाहलगायत अशिक्षा वा न्यून शैक्षिक स्तरले यस्तो अवस्था सिर्जित भएको देखिन्छ ।

 

कुल प्रजननदर

नेपाल अहिले प्रतिस्थापन स्तरको प्रजननदर २।१ भन्दा पनि तल पुगेको स्थिति छ । सबैभन्दा उच्चतम कुल प्रजननदर मधेश ९२।८५० र कर्णालीमा ९२।१९० रहेको छ भने बागमती ९१।३७० र गण्डकी ९१।५४० न्यून प्रजननदर रहेका प्रदेश हुन् । बागमती र गण्डकी प्रदेशमा रहेको न्यून प्रजननदरका पछाडि शहरीकरणका साथसाथै विलम्बित विवाहको भूमिका रहेको छ । शहरीकरण र ढिलो विवाहको प्रवृत्तिले गर्दा काठमाण्डौ जिल्ला र बागमती प्रदेशमा पनि प्रजननदर न्यून रहेको छ ।

प्रतिकृया दिनुहोस

कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव

२०८१ चैत्र ३० । सरकारी कर्मचारीको अनिवार्य अवकाश र ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले

सुदूरपश्चिमेलीहरुको मौलिक पर्व बिसु नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढ्यो

२०८१ चैत्र ३० । सुदूरपश्चिमेलीले मनाउने मौलिक पर्व बिसु नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । रोजगारी, अध्ययनलगायत विभिन्न कामले घरबाहिर

वायु प्रदूषण अनी मोबाइल र कम्प्युटर चलाउँदा आँखामा निम्तिन्छ थप समस्या

२०८१, बुधबार चैत २७ गते । पछिल्लो समय वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै गएको छ ।   वायु प्रदूषणले शरीरका सम्पूर्ण अङ्गमा असर गरेपनि