एन्फा महिला लिग फुटबलमा चन्द्रपुरले सुदूरपश्चिमलाई हरायो

२०८१ भदौ २८ गते शुक्रबार, काठमाण्डौ । एन्फा महिला लिग फुटबलमा आज भएको खेलमा झापाको चन्द्रपुर नगरपालिकाले सुदूरपश्चिम प्रदेशलाई हराएको छ ।

 

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चन्द्रपुरले सुदूरपश्चिमलाई ४–० गोलले हराएको हो ।
चन्द्रपुरका लागि अनिता रानामगर, रजनी थोकर, एलिना चौधरी र सजनी थोकरले समान एक गोल गरे । यो जीतसँगै चन्द्रपुर चार खेलबाट पाँच अङ्कसहित तालिकाको छैठौं स्थानमा उक्लिएको छ ।

 

समान खेल खेलेको सुदूरपश्चिमले अहिलेसम्म प्रतियोगितामा एक खेल पनि जित्न सकेको छैन । सुदूरपश्चिम तालिकाको पुछारमा रहेको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजनामा १० टोली सहभागी लिगको शीर्ष पाँच टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

प्रतिकृया दिनुहोस

नेपाल प्रिमियर लिगका लागि ८ जना मार्की खेलाडी सार्वजनिक

२०८१ भदौ २८ गते शुक्रबार, काठमाण्डौ । नेपाल प्रिमियर लिग एनपीएल का लागि मार्की खेलाडी सार्वजनिक गरिएको छ । रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी,

बझाङमा आयोजित भलिबल खेलमा शुक्लाफाँटा प्रथम, ५० हजार पुरस्कार जित्यो

२०८१ भदौ २५ गते मंगलबार, बझाङ । बझाङमा बिर्सती मेलाको अवसर पारेर आयोजित भलिबल प्रतियोगितामा शुक्लाफाँटा नगरपालिका वडा नं ८ को टोली प्रथम भएको

एन्फा महिला लिगमा पुलिससँग सुदूरपश्चिम ९–० गोलले पराजित

२०८१ भदौ २२ गते शनिबार, काडमाण्डौँ । एन्फा महिला लिगमा पुलिससँग सुदूरपश्चिम पराजित भएको छ। निरु थापा र दिपा न्यौपानेको ह्याट्रिकप्रेरित विभागीय टोली