मूलाको पातले बढाउँछ रोग प्रतिरोधात्मक क्षमता

एजेन्सी– मूला खासगरी तरकारी र सलादको रुपमा प्रयोग गरिन्छ । यसको पातको खासै प्रयोग गरिदैँन् तर, यसको पातमा पनि धेरै प्रकारका पोषक तत्व पाइन्छ । यसमा क्याल्सियम, फोलिक, एसिड, भिटामिन सी लगायतका तत्व पाइन्छ । मूलाको पातमा भिटामिन ए, बी र सी पाइनुका साथै क्लोरिन, फस्फोरसस, सोडियम, आइरन, म्याग्नेसियम तथा अन्य थुप्रै पोषक तत्वहरु पाइन्छन् । जुन पेटका लागि फाइदाजनक हुन्छ । मूलाको पातको प्रयोग रोटी बनाउनमा गर्न सकिन्छ । यसको सेवनले शरीरको प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ र थकान महसुस हुँदैन ।

 

पाइल्सजस्ता रोगका लागि मूलाको साग खानु अति उपयोगी मानिन्छ । सधैं यसको साग खानाले यस्तो समस्या समाधान हुनसक्छ । यसमा सोडियम पनि हुन्छ र यसले शरीरमा नुनको कमी हुन दिँदैन जसले गर्दा रक्तचापका बिरामीलाई धेरै उपयोगी हुन्छ ।यसमा फाइबर धेरै हुन्छ त्यसैले कब्जियतबाट जोगाउँछ । यसको रसलाई पानी र मिश्रीमा मिसाएर पिउनाले जण्डिसबाट जोगाउँछ । यत्ति मात्र नभई यसले कपाल झर्ने समस्यालाई पनि कम गर्छ ।

प्रतिकृया दिनुहोस

डाक्टरले अप्रेसन गर्दा युवाकाे पेटमा ५० भन्दा बढी सामान

भारतको राजस्थानस्थित एक अस्पतालमा शनिबार पेट दुख्यो भनेर गजेन्द्र के अस्पताल पुगे । सुरूमा डाक्टरहरूले उनकाे जाँच गरे । जाँच गर्दा डाक्टरले युवाकाे