डाक्टरले अप्रेसन गर्दा युवाकाे पेटमा ५० भन्दा बढी सामान

भारतको राजस्थानस्थित एक अस्पतालमा शनिबार पेट दुख्यो भनेर गजेन्द्र के अस्पताल पुगे । सुरूमा डाक्टरहरूले उनकाे जाँच गरे । जाँच गर्दा डाक्टरले युवाकाे पेटमा केही सामान रहेकाे अनुमान गरे । जब जाँच गरी युवाको अप्रेसन भयाे । सबै डाक्टर अनाैठाेमा परे । सबै डाक्टरहरू दंग भए । सोही स्थानका २४ वर्षे ती युवाको अप्रेसन गर्दा ५० भन्दा बढी वस्तु फेला पारेपछि डाक्टरहरू दंग भएका हुन् । किन भने युवाकाे पेटमा चाबी, 'नेलकटर', सिक्का, माला, औठी, क्लिपलगायत थियो । अस्पतालको अप्रेसन विभागका अध्यक्ष डाक्टर डिके शर्माका अनुसार ती युवाले लागुऔषध प्रयोग गर्थ्ये । डा. शर्माले नशा लागेपछि युवाले ती समानहरू निलेको हुन सक्ने बताएका छन् । कतिपय सामान युवाले नै प्रयोग गर्दै आएको उनीहरूले अनुमान गरेका छन् । 

नशामा नै उनले ती सबै सामान निलेको डाक्टरले बताएका छन् । ती युवा १५ दिनअघि मात्रै अस्पताल गएका थिए । अस्पतालमा उनले पेट दुखेको, वान्ता हुने र खाना खान मन नलाग्ने बताएका थिए । डाक्टरले जाँच गर्नुअघि एक्स रे गरेका थिए । एक्स रे गर्दा पेटमा केही वस्तु भएको देखाएको थियो । जुन आमशयमा थियो । पछि एन्डोस्कोपी गरेर उनको अप्रेसन भयाे । उनको अप्रेसन करिब साढे एक घण्टा चलेको थियो । डा. शर्माका अनुसार युवाको पेटमा भएको सामान बढी मात्रामा आमशय र केही पेटको विभिन्न भागमा रहेको थियो । उनका अनुसार गजेन्द्र मनोरोगबाट ग्रसित रहेका थिए । यस्तो अवस्थामा उनले यी सामानहरू खाएको हुन सक्ने बताए । एजेन्सी

प्रतिकृया दिनुहोस

मूलाको पातले बढाउँछ रोग प्रतिरोधात्मक क्षमता

एजेन्सी– मूला खासगरी तरकारी र सलादको रुपमा प्रयोग गरिन्छ । यसको पातको खासै प्रयोग गरिदैँन् तर, यसको पातमा पनि धेरै प्रकारका पोषक तत्व पाइन्छ । यसमा