२४ घण्टाका लागि नेपालमा विदेशी च्यानल बन्द

काठमाण्डौ – नेपालभित्र प्रसारण हुने तर विदेशी विज्ञापन प्रसारण हुने टेलिभिजन च्यानल बन्द भएका छन् । इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु बन्द गराएको हो । बन्द गरिएको च्यानलमा अधिकांश भारतीय मनोरञ्जनात्मक च्यानलहरु रहेका छन् ।
महासंघका अनुसार सोमबार अपह्रान्ह ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्म च्यानलहरु बन्द हुनेछन् । विज्ञापनरहित च्यानलको प्रशारण भने नरोकिएको महासंघले जनाएको छ । विज्ञापन ऐन, २०७६’ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरुले २४ घण्टाका लागि विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गरेका हुन् । नेपालमा प्रसारित विदेशी च्यानल विज्ञापनरहित (क्लिन फिड) अनिवार्य हुने प्रावधानसहित ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा छलफलको क्रममा रहेको छ ।

सुदूरपश्चिमेली डेउडा गायिका रेखा जोशी सम्मानित
२०८१ भदौ ३० गते आईतबार, कञ्चनपुर । डेउडा गाडिका रेखा जोशी सम्मानित भएकी छन्। सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी संघको १७ औ वार्षिक साधारण सभामा

विष्णु माझीको यसपालिको तीज गीत आइनँ आमा‘ सार्वजनिक
लोक संगीतप्रेमी स्रोता–दर्शकको जिज्ञासा थियो– विष्णु माझीको गीत कहिले आउँछ । पछिल्ला वर्ष अरू समयमा उनका गीत नआए पनि तीजमा सधैं ल्याउने

‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङलाई
२०८१ भदौ २ गते आईतबार, काठमाडौं । ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी
प्रतिकृया दिनुहोस