६० औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८१ चैत्र ०८ गते शुक्रबार, झलारी - भोजराज जोशी । दलित,आदिवासी जनजाति न्यायका लागि सामाजिक रुपान्तरण अभियान शुक्लाफाँटा को आयोजनामा शुक्लाफाँटा नगरपालिका को सहयोग तथा साथी सँस्थाको सहकार्यमा जातीय भेदभाव तथा छुवाछुत बिरुद्धको ६० औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका सन्दर्भमा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
शुक्लाफाँटा न. पा. ११ को कृष्ण सामुदायिक वनको प्रागँणमा सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता शुक्लाफाँटा नगर स्तरीय दलित, आदिवासी, जनजाति न्यायका लागि सामाजिक रुपान्तरण अभियानका सँयोजक शिवी लुहार ले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास राज्य मन्त्री टेक बहादुर रैका रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रैकाले विभेद मुलक समाजका लागि यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा पनि गर्नुपर्ने बताएका छन् । उनले दलितहरुमा एकता भए मात्र छुवाछुतको अन्त्य हुने र दलितहरुका लागि गणतन्त्र नआएको बताए ।
त्यस्तै सो कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि शुक्लाफाँटा न. पा. का पुर्व नगरप्रमुख दिल ब. ऐरले भने ''हामी मानव जाति हो, कुनै पनि वर्ग, तहले समुदायमा जातिय विभेदको अन्त्य गर्नुपर्दछ ।'' यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथी नेकपा माओवादी का केन्द्रीय सदस्य गोबिन्द वि. क. ले अझै पनि समाजमा जातिय विभेद भएकाले सबै वर्ग तथा समुदाय मिलेर यसको अन्त्य गर्नुपर्ने बताए । उनले भने ''सँविधानले दिएको अधिकार सबैले पाउनु पर्छ ।''
त्यसैगरी गरी कार्यक्रमको विशिष्ट अतिथीमा जिल्ला समन्वय समिती सदस्य विमला सार्की रहेकी थिइन् । कार्यक्रमको सञ्चालन राम चुनाराले गरेका थिए भने कार्यक्रममा साथी सँस्थाका सामाजिक परीचालक मिना रावल र कमल प्रसाद जोशी, शुक्लाफाँटा नगरपालिका कार्यपालिका सदस्य गणेश वि क वडा न ३ का वडाअध्यक्ष नरेन्द्र प्रसाद चौधरी लगायत सम्पुर्ण सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव
२०८१ चैत्र ३० । सरकारी कर्मचारीको अनिवार्य अवकाश र ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले

सुदूरपश्चिमेलीहरुको मौलिक पर्व बिसु नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढ्यो
२०८१ चैत्र ३० । सुदूरपश्चिमेलीले मनाउने मौलिक पर्व बिसु नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । रोजगारी, अध्ययनलगायत विभिन्न कामले घरबाहिर
.jpeg)
वायु प्रदूषण अनी मोबाइल र कम्प्युटर चलाउँदा आँखामा निम्तिन्छ थप समस्या
२०८१, बुधबार चैत २७ गते । पछिल्लो समय वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै गएको छ । वायु प्रदूषणले शरीरका सम्पूर्ण अङ्गमा असर गरेपनि
प्रतिकृया दिनुहोस