कञ्चनपुरका तेजा ऐर स् जसले अभिनयबाटै देश र विदेशमा चिनिने मौका पाए

कञ्चनपुर, खलनायकका रुपमा एक दशदेखि ठूलोदेखि सानो पर्दामा देखिदै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का तेजा ऐरले अभिनय गरेका चलचित्रको संख्या धेरै छ । चलचित्रमा अभिनय गर्ने अवसर आए जुनसुकै भुमिकामा अभिनय गर्न नाईनास्ती गर्दैनन् । पारिश्रमिक पाएर थोरै र नपाएर उनले धेरै चलचित्रमा अभिनय गरेका छन् । नेपाली, भोजपुरी, थारु चलचित्र, कमेडीयन सिरियल र म्युजिक भिडियोमा उनले अभिनय गरेका छन । उनी भन्छन्, ‘भारतीय चलिचित्र हेर्दा हेर्दै नेपाली चलचित्रमा छिर्ने मौका पाएर अभिनय गर्न पाए यो नै मेरा लागि धेरै छ ।’ ‘धेरै चलचित्रमा गाडी भाडा आफै तिरेर निर्माताको खाना र नास्तामा मात्रै अभिनय गरेको छु, थोरैले मात्रै गाडीभाडा वाफतको रकम आफू खुसी दिएका छन् ।’
अभिनयले देश र विदेशमा चिनिने मौका पाएको छु यो नै मेरा लागि धेरै हो’ उनले भने । अभिनय गरे वाफत चलचित्रमा पारिश्रमिकका रुपमा हाल रु ३५ हजारदेखि रु ४० हजार सम्म उनले रकम पाएका छन् । ऐरले अभिनय गरेका नेपाली र थारु भाषाका चलचित्रको संख्या ८० पुगेको छ । प्रदर्शनको तयारीमा रहेका नेपाली कथानक चलचित्र हिरासत, सम्राट, आइएम क्रेजि, नसिव, धुम ३, डोटेली भाषाको चलचित्र ण २, थारु भाषाका चलचित्र जान तुहार नाउ र दिल देके मोरिक मा ऐरले बेजोड अभिनय गरेका छन् ।
भारतको मुम्बैमा रोजगारी र नेपाली चलचित्रमा अभिनय
भारतको मुम्बइमा रोजगारीका लागि गएका बेला भारतीय चलचित्रको सुटिङको कार्य नजिकबाट नियाल्ने मौका पाउदा चलचित्रमा कार्य गर्न पाए हुन्थ्यो भन्ने लाग्दथ्यो । भारतीय चलचित्रमा कार्य गर्न निकै प्रयत्न गरेपनि उनले पाएनन् । चिनजान र पैशा नभएपछि चलचित्रमा छिर्नु त्यति बेला सहज थिएन । भारतमा रोजगारी गरेर १६ वर्ष विताएपछि उनी घर फिर्ता भए । स्थानीय युवाहरुको लगानीमा बन्न लागेको थारु भाषाको चलचित्र ‘मोर बस्ती’ का लागि विसं २०६६ सालमा कलाकार छान्ने कार्य भैरहेको थियो । चलचित्रमा अभिनय गर्न उनी आतुर थिए । तर चिनजान कसै संग थिएन । शरिरको बनावटका आधारमा उनले खलनायकको भूमिका पाए । थारु भाषाकै त्यस चलचित्र बाट उनको अभिनयको यात्रा अगाडी बढयो । मोर बस्तीमा दमदार अभिनय गरेपछि थारु भाषाका चलचित्रमा कार्य गर्ने धेरै अफर आउन थाले । एक दशको अबधिमै थारु भाषाका चार दर्जन बढी चलचित्रमा उनले अभिनय गरेका छन । थारु भाषाका चलचित्र संगै नेपाली ४० बढी चलचित्रमा उनले अभिनय गरेका छन । चलचित्रमा अभिनय गर्ने अबसर जुरेपछि चिनजान बढदै गयो । चलचित्रमा काम उनले काम पाउदै गए ।
द्धन्द निर्देकसंग भेटमा नेपाली चलचित्रमा डेव्यु गर्ने मौका
थारु भाषाका चलचित्रमा खलनायकको रुपमा अभिनय गरेर चर्चा बटुलेका ऐरको अभिनयलाई हेरेर नेपाली चलचित्रमा अभिनय गर्ने अबसर जुरेको हो । थारु भाषाको चलचित्र मोर बस्तीको काठमाण्डौंमा सम्पादनको कार्य चल्दै थियो । ल्यावमा भेटिएका द्धन्द निर्देशक अष्ट महर्जन संग ऐरको चिनजान भयो ।‘चिनजानमै शाक्यले तिम्रो लुक्स राम्रो छ । नेपाली चलचित्रमा खलनायकको भूमिका पाए खेल्छौं भने । मैलै हुन्छ भने । विजय पथ चलचित्रको त्यति बेला सुटिङ काठमाण्डौंमै हुदै थियो । चार वटा फाईटमा सहभागी भए सात हजार पारिश्रमिक पाए । चलचित्र प्रदर्शन पछि धेरै आफै निर्माता निर्देशकले आफै अफर गर्न थालेका छन’ ऐरले भने ।
अहिले नेपाली र थारु भाषाका चलचित्रको सुटिङ बाट फुसर्दनै नभएको उनले बताए । रेखा थापाको होमप्रोडक्सनमा बनेको फिल्म हिम्मतवालीमा सह खलनायका रुपमा अभिनय गरेपछि धेरैले अभिनयको प्रसंसा गरे । हिम्मतवालीमा सानै भूमिकामा भएपनि चर्चा बढी पाए । त्यसकै कारणले अहिले सम्म नेपाली चलचित्र नगरीमा टिक्न सकेको उनको भनाई छ । थारु भाषाको डलर, नेपाली भाषाका चलचित्र विजय पथ, विरासत,हिम्मतवाली, रामजाने र अफिसर ऐरले अभिनय गरेका चर्चित चलचित्र हुन् । कलाकार भएपछि जुन सुकै भूमिकाका लागि बोलाए पनि अभिनय गर्न तयार हुनु पर्ने उनको धारणा छ ।
होटल व्यवसाय र चलचित्रको सम्बन्ध
कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका–१० झलारी बजारमा खलनायक ऐरले होटल समेत सञ्चालन गरेका छन । चलचित्रको सुटिङसकिए पछि ऐर होटलमा ग्राहकको सेवा सत्कारमा लाग्ने गर्छन । होटेलमा भाडा माझनेदेखि ग्राहकका रोजाईका खाना पस्कीन उनी हिचकिचाउदैनन् । काम सानो ठुलो हुँदैन । जुन भूमिकामा खटियो त्यो कार्यलाई टुङगोमा पुरयाउने उनको बानी छ । चलचित्रमा सुटिङमा जादा होटेलको जिम्मा उनका श्रीमतिले सम्हाल्नु हुन्छ । चलचित्रको सुटिङका लागि कञ्चनपुर पुग्ने अभिनेता, अभिनेत्रीहरु पहिला उनको होटलमा छिर्ने गर्दछन् । यसै कार्यले पनि यस क्षेत्रमा उनको होटलको निकै चर्चामा रहने गरेको छ । होटल व्यवसाय उनको चलचित्रमा काम गर्नु अघि देखिकै हो । चलचित्रमा अभिनय गरेको पैशाले नपुग्ने भएपछि उनले होटेलको केही कमाई समेत अभिनयकै लागि खर्चेका छन । घरपरिवारले चलचित्रमा अभिनय गर्नका लागि जादा नाइनास्ती गर्दैन । उनकी श्रीमतीले घरको खर्च होटल सञ्चालन गरेर धान्दा उनलाई निकै सहज भएको छ ।
एतिहासिक चलचित्रमा खेल्ने चाहना
दर्शकले लव स्टोरी, एक्सन र पारिवारिक कथामा आधारित चलचित्र धेरै मन पराउने भएपनि ईतिहासमा आधारित चलचित्र हेर्नेको संख्या थोरै रहने गरेको छ । एतिहासिक चलचित्र निर्माण गर्नका लागि ठुलो लगानी लगाउनु पर्ने हुन्छ । लगानी उठाउन निर्माताले निकै मिहिनेत गर्नु पर्ने भएकाले यस्ता चलचित्रको संख्या थोरै छ । युवा र आउदो पीढीलाई इतिहासका बारे जानकारी दिनका लागि पनि यस्ता चलचित्र बन्नु पर्ने खलनायक ऐरले भने, ‘दमदार कथामा बन्ने एतिहासिक चलचित्रमा अभिनय गर्ने इच्छा छ तर अहिले सम्म अफर आएको छैन । अफर आए जुन सुकै भूमिकाका लागि तयार छु ।’
निखारिएको अभिनय क्षमता, फिगर र पैशा छ भने मात्रै चलचित्रमा आउन सुझाव
अभिनय गर्ने कला, दमदार फिगर र लगानी गर्न पैशा छ भने मात्रै चलचित्रमा आउन नयाँ पीढिलाई उनी सन्देश दिन चाहन्छन् । यी तीन चिजहरु भए मात्रै चलचित्रमा आउन युवा युवतीहरुलाई भन्छु उनले भने, ‘कला, फिगर र लगानी नभए अन्य व्यवसाय रोज्नुोस् ।’ अनुहार हेर्नु भन्दा अभिनयमा दम भएका कलाकारहरुलाई चलचित्र क्षेत्रमा चान्स दिनु पर्छ ।’ उनी भन्छन् । कलाकार हुनका लागि नेपाली चलचित्र क्षेत्रमा आफन्त, चिनजान भएका, पैशा लगानी गर्न सक्नेलाई बढी प्रश्रय दिईदा यसले क्षमता भएका कलाकारलाई ओझेलमा पार्ने कार्य गर्ने भएकाले यस्ता कार्य बन्द गरी क्षमतावान कालाकारको खोजी गरी चलचित्रका लागि अनुबन्ध गर्नु पर्नेमा उनी जोड दिन्छन् ।

प्रतिकृया दिनुहोस

गलबन्दी विवाद सुल्झियो, शम्भु राईको नाम संगीतमा राखिने

काठमाडौं : गलबन्दी विवाद सुल्झिएको छ। दुबैपक्षले बुधबार एक सहमति पत्रमा हस्ताक्षर गर्दै विवाद टुंग्याएका हुन्। गलबन्दी गीतमा संगीतकारका रुपमा

२४ घण्टाका लागि नेपालमा विदेशी च्यानल बन्द

काठमाण्डौ – नेपालभित्र प्रसारण हुने तर विदेशी विज्ञापन प्रसारण हुने टेलिभिजन च्यानल बन्द भएका छन् । इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल

चक्र बंमको नाच पुतली

चक्र बंमको नाच