पर्यटन प्रर्वद्धनमा शुक्लाफाँटा

झलारी । शुक्लाफाँटा भित्र रहेका पर्यटकीय स्थलहरुको प्रवद्र्धनमा नगरपालिका लागि परेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई नगरभित्रका पर्यटकीय गन्तव्य भ्रमण गराउनका लागि नगरपालिकाले सडक निर्माण संगै पर्यटकीय स्थलको पहिचानका लागि संकेत चिन्ह जडान लगायतका काम गरिरहेको छ । नगरभित्रको पर्यटकीय क्षेत्रको विकासका लागि नगरपालिका तल्लीन भएर लागि परेको नगर प्रमुख रण बहादुर महराले बताए ।


जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनासंग सम्झौता गरेर पर्यटकीय स्थलको प्रचारप्रसार,पहिचान संगै पर्यटकीय क्षेत्रको विकासमा अहिले काम भइरहेको नगर प्रमुख महराले बताए । पर्यटकीय क्षेत्रको विकास र रोजगारीलाई संगै अगाडि बढाइएको नगर प्रमुख महराको भनाई छ । ‘पर्यटकीय क्षेत्रको विकास संगै रोजगारी सिर्जना गर्ने गरी नगरपालिका अघि बढेका छ । पर्यापर्यटको विकासमा हामी लागि परेका छौँ । ‘बतासे झर्ना, मणिका धाम, तालतलैया, होमस्टेको विकासमा कटिबद्ध भएर प्रचार प्रसार पहिचानको काममा लागेका छौँ,’ नगर प्रमुख महराले भने । 

 

यहाँका पर्यटकीय स्थल,धार्मिक स्थलको संरक्षण, प्रवद्र्धन गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन लागि परेको उनले बताए । पछिल्लो समय पर्यटकीय गन्तव्य बनिरहेको बतासे झरना, पद मार्ग निर्माण, होमस्टे सम्बन्धी तालिम,पर्यटकीय गन्तव्यको संकेत चिन्ह,डस्टविन राख्ने काम भइरहेको छ । शुक्लाफाँटा नगरपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना बीच गत असोज २९ गते बतासे झरना पर्यटन गन्तव्य निर्माण होमस्टे तालिम उद्यमहरु सिर्जना र संकेत चिन्ह जडान आयोजना सञ्चालनमा सम्झौता भएको थियो ।

 

सम्झौता अनुसार आगामी पौष ५ गतेसम्म आयोजना सम्पन्न गरिसक्नुपर्ने आयोजना सम्पर्क व्यक्ति धिरज ऐरले बताए । नगरपालिका र परियोजनाबीच ३० लाख ५० हजारमा सम्झौता भएको छ ।  पन्ध्र लाख पचास हजार नगरपालिकाले तथा पन्ध्र लाख परियोजनाले व्यहोर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

शुक्लाफाँटामा हरितालिका तीजको अवसरमा शुभकामना तथा सांस्कृतिक तीज कार्यक्रम मनाइयो

२०८१ भदौ २२ गते शनिबार, झलारी, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा तीज कार्यक्रम मनाइएको छ।   शुक्रवार शिवपार्वती महिला समुहको आयोजनामा

आज गणेश चतुर्थी, गणेश भगवानको विशेष पूजा आराधना गरी गणेश चतुर्थी मनाइँदै

२०८१ भदौ २२ गते शनिबार, । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक,

आज हरितालिका तिज,उमामहेश्वरको व्रत तथा पूजा आराधना गरी मनाइँदै

२०८१ भदौ २१ गते शुक्रबार ।भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजा(आराधना गरी