झलारीमा लाइभ डेउडा कार्यक्रम सम्पन्न

२०८१ भदौ २० गते बिहीबार, झलारी । डेउडा संरक्षण प्रतिष्ठान शाखा कार्यालय कञ्चनपुरले लाइभ डेउडा कार्यक्रम गरेको छ। बुधबार शुक्लाफाँटा नगरपालिका–१० स्थित झलारी खुल्ला मञ्चमा कार्यक्रम आयोजना गरिएको थियो ।
 

गौरा पर्व तथा हरितालिका तिजको शुभकामना आदानप्रदान र डेउडा कार्यक्रम गरिएको हो। डेउडा संरक्षण प्रतिष्ठान शाखा कार्यालय कञ्चनपुरका अध्यक्ष गोदावरी ठगुन्ना मार्कण्डको अध्यक्षतामा गरिएको कार्यक्रममा बरिष्ठ डेउडा गायक अन्तराम विष्ट प्रमुख अतिथि रहेका थिए। सुदूरपश्चिमको कला, संस्कृति र डेउडाको जर्गेना गर्नका लागि कार्यक्रम गरिएको आयोजकले जनाएको छ।

 

कार्यक्रममा डेउडा गायक अम्मादत्त जोशी, पदम जोशी, पार्वती महरा,  सावित्री धामीलगायतका सहभागी थिए।

प्रतिकृया दिनुहोस

कञ्चनपुरबाट एक लाख बढीको अवैध सामान बरामद

२०८१ भदौ २७ गते बिहीबार कञ्चनपुर । कञ्चनपुरबाट एक लाख बढीको अवैध सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–४, भीमदत्त–१० गड्डाचौकी, र

कञ्चनपुरमा लागुऔषधसहित पाँच जना पक्राउ

२०८१ भदौ २७ गते बिहीबार, कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्।   जिल्लाको भीमदत्त नगरपालिका–१८ जानकीटोलबाट बैतडीको

पल शाह र पुजा शर्मा बिहिबार धनगढी आउने

२०८१ भदौ २७ गते बिहीबार, धनगढी । पल शाह र पुजा शर्मा  बिहिबार भाद्र २७ गते दिउसो १२ बजे र २ः३० को शोमा धनगढी आउने भएका हुन् । गत शुक्रबारबाट