यस वर्षको बडादशैँ सकियो
.jpeg)
२०८१ कार्तिक ०१ गते बिहीबार । यस वर्षको बडादशैँ समापन भएको छ । असोज शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि हिजै परेकाले मान्यजनबाट आशीर्वादस्वरूप नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाएर दशैँ समापन भएको हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा हिजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको थियो ।
समितिका अनुसार साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने आज बिहीवार परेको छ । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरूप विजयादशमीका दिनदेखि टीका र जमरा लगाउने क्रम शुरु भएको थियो । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि असोज शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् ।

कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव
२०८१ चैत्र ३० । सरकारी कर्मचारीको अनिवार्य अवकाश र ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले

सुदूरपश्चिमेलीहरुको मौलिक पर्व बिसु नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढ्यो
२०८१ चैत्र ३० । सुदूरपश्चिमेलीले मनाउने मौलिक पर्व बिसु नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । रोजगारी, अध्ययनलगायत विभिन्न कामले घरबाहिर
.jpeg)
वायु प्रदूषण अनी मोबाइल र कम्प्युटर चलाउँदा आँखामा निम्तिन्छ थप समस्या
२०८१, बुधबार चैत २७ गते । पछिल्लो समय वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै गएको छ । वायु प्रदूषणले शरीरका सम्पूर्ण अङ्गमा असर गरेपनि
प्रतिकृया दिनुहोस