‘रुकुम मैकोट’ र ‘अरेली काँडैले’ले युट्युबमा पायो १० करोड भ्यूज, गायिका शान्तिश्री हर्षित

२०८१ माघ २७ गते, । चर्चित गायिका शान्तिश्री परियारको स्वर रहेको ‘रुकुम मैकोट’ र ‘अरेली काँडैले’ गीत युट्युबमा १०(१० करोडभन्दा बढी पटक हेरिएका छन् । दुई गीत एक दिनको फरकमा १०(१० करोडभन्दा बढी पटक हेरिएपछि यसकी गायिका शान्तिश्री हर्षित छिन् ।

 

‘अरेली काँडैले’ १० करोड पटक हेरिने पहिलो लोकगीत बनेको छ । उक्त गीत गायिका शान्तिश्रीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

 

यस्तै उनले विभिन्न नेपाली चलचित्रका लागि गीत गाए पनि १० करोड पटक युट्युबमा हेरिने ‘रुकुम मैकोट’ पहिलो गीत बनेको छ । गीतमा शान्तिश्रीलाई एसडी योगीले साथ दिएका छन् । उक्त गीत नेपाली चलचित्र ‘खुस्मा’को हो । गीतमा नायक धिरज मगर र नायिका उपासनासिंह ठकुरीको अभिनय रहेको छ ।

 

दुई वटा गीत एक दिनको फरकमा युट्युवमा १०(१० करोड पटक हेरिने सूचीमा प्रवेश गरेपछि गायिका शान्तिश्रीले सामाजिक सञ्जाल फेसबुकबाट खुसी व्यक्त गरेकी छन् ।

 

शान्तिश्रीले लेखेकी छन्, ‘यो मेरो लागि निकै खुसीको कुरा हो । आदरणीय दर्शक स्रोताको अगाध माया पाएका कैयौँ गीतमा मेरो स्वर मिसिएका छन् । यो अर्थमा म अलि भाग्यमानी नै हुँ जस्तो पनि लाग्छ । कर्म र भाग्यको संयोग कहीँ न कहीँ राम्रै मिलेको छ जस्तो पनि लाग्छ । मैले गाएका केही चलचित्रका गीत पनि बजारमा निकै मन पराइएका छन्, तर ‘रुकुम मैकोट’ मेरो आवाजद्वारा १० करोड पुग्ने पहिलो गीत बनेको छ ।’

 

‘अरेली काँडैले’ गीतका सङ्गीतकार गायक एवं सर्जक खेम सेन्चुरी हुन् । शब्द नेत्र अर्यालको हो । यस्तै श्यामश्वेत रसाइलीको एरेन्ज रहेको गीतका रेकर्डिस्ट गोविन्द अनेक र कमल थापा हुन् ।

 

यस्तै गीतको म्युजिक भिडिओको निर्देशन सुनिल बिकले गरेका हुन् । नृत्य निर्देशन गम्भीर विष्ट रहेको उक्त गीतमा प्रकाश सपूत रअञ्जली अधिकारीको अभिनय रहेको छ । म्यूजिक भिडियोको सम्पादक मिलन विश्वकर्माको रहेको छ ।

 

गायिका शान्तिश्रीले यो सफलता आफ्नोमात्रै नभएर धेरैको साथ, सहयोग र समर्थनले हासिल भएको बताएकी छन् ।

 

उनले लेखेकी छन्, ‘एउटा काम सफल हुन पर्दामा देखिने र पर्दा पछाडिका कैयौं नाम हुन्छन् । ती नामप्रति मेरो सधैँ सम्मान र अन्तर्आत्माबाटै कृतज्ञ छु । यो खुसी यहाँ जोडिनुभएका हरेक नामसँग साट्न चाहन्छु । यति छोटो समयमा यति धेरै हेर्नुहुने, सुन्नुहुने र हरेक चाडवाडमा नाच्नुहुने आदरणीय भगवानरुपी दर्शक(स्रोताज्यूको यो प्रेमप्रति सधैँ नतमस्तक छु ।’

प्रतिकृया दिनुहोस

पौष शुक्ल पूर्णिमा देखि शुरु भएको एक महिने स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक आज समापन गरिँदै

३० माघ, २०८१ ।  माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले

कानुनी रूपमा अलग भए एलिना र विष्णु

मंगलबार, माघ २९, २०८१, काठमाडौं । गायिका एलिना चौहानले औचारिक रूपमा आफ्नो वैवाहिक सम्बन्ध टुंगिएको बताएकी छन् । मंगलबार सामाजिक सञ्जालबाट एलिनाले

आज देखि भ्यालेन्टाइन सप्ताह सुरु, आज  रोज डे मनाइँदै

२०८१ माघ २५ गते शुक्रबार । प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे सप्ताह आजबाट सुरु भएको छ। प्रत्येक वर्ष फेब्रुअरी ७ बाट सुरु हुने भ्यालेन्टाइन डे