आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईँदै

२०८१ पुस २७ गते । काठमाडौं । ३०३‌ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस, आज नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ। तत्कालीन बाइसे(चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय उनलाई छ।

 

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेष्ठ पुत्रका रूपमा १७७९ पुस २७ गते पृथ्वीनारायणको जन्म भएको थियो। टुक्रे राज्यलाई समेट्ने क्रममा १८२५ मा इन्द्रजात्राका दिन आक्रमण गरी उनको फौजले काठमाडौंमाथि विजय प्राप्त गरेको थियो।

 

यसपछि उनले एकीकृत नेपालको राजधानी काठमाडौंलाई बनाएका थिए। उनले शुरू गरेको एकीकरण अभियान छोरा बहादुर शाहको पालासम्म बढ्दै गएर नेपालको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो। पछि नेपाल(अंग्रेज युद्धका क्रममा नेपाल अहिलेको क्षेत्रफलमा समेटिन पुग्यो।

 

‘नेपाल दुई ढुंगाबीचको तरुल हो’, ‘घूस लिने र दिने देशका महाशत्रु हुन्’, लगायत उनका कैयौँ उद्गार आज पनि सान्दर्भिक मानिन्छन्। १८२५ माघे संक्रान्तिका दिन नुवाकोटको देवीघाटमा ५२ वर्षको उमेरमा उनको निधन भएको थियो।

 

यो अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम गरिँदैछ। प्रत्येक वर्ष पुस २७ गते यहाँ विशेष कार्यक्रम आयोजना गरिन्छ ।

प्रतिकृया दिनुहोस

गायिका एलिना चौहानले पति विष्णु सापकोटा विरूद्ध दायर गरिन् सम्बन्धविच्छेद मुद्दा

२०८१, माघ १८, काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले शुक्रबार वारेस मार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा

बैंक ग्यारेन्टीमार्फत एक करोड धरौटी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा

२०८१ माघ १४ गते, रूपन्देही, । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरौटी बुझाएर रिहा भएका छन् ।   रूपन्देही जिल्ला अदालतको आदेश

सुदूरपश्चिममा पुष २९ गते सार्वजनिक बिदा

२०८१,पुष २७ गते । सुदूरपश्चिम प्रदेश सरकारले पौष २९ गते सार्वजनिक बिदा दिएको छ। थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर