गायिका एलिना चौहानले पति विष्णु सापकोटा विरूद्ध दायर गरिन् सम्बन्धविच्छेद मुद्दा

२०८१, माघ १८, काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले शुक्रबार वारेस मार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी हुन् ।
गत ५ वैशाखमा एलिनाले र अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी थिइन् । सापकोटा र चौहानबीच लामो समय प्रेम सम्बन्धपछि बिहे भएको थियो । तर, बिहेपछि अस्ट्रेलिया गएकी चौहान काठमाडौं फर्किएपछि उनीहरूबीच राम्रो सम्बन्ध नरहेको चर्चा थियो ।
सम्बन्धविच्छेदको मुद्दामा चौहानले आफूमाथि सापकोटाले शङ्काउपशङ्का गरेको, काममा बाधा दिएको, चरित्रमाथि शङ्का गरेको आरोप लगाएकी छिन् । उनले मानाचामल नलिने गरी मुद्दा दायर गरेकी छिन् । तर, बिहे गर्दाका गरगहना भने फिर्ता नगर्ने उनको दाबी छ ।

काँग्रेसका सभापति शेरबहादुर देउवा आज धनगढी आउदै
फाल्गुन २६, २०८१, धनगढी – नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी आउने भएका छन । कांग्रेसको प्रदेश सम्मेलनको

बालेनले तोके राप्रपालाई १ लाख जरिवाना
२०८१ फाल्गुन २६, काठमाडौं । काठमाडौं महानगरपालिकाले आज पूर्वराजाको स्वागतार्थ भएको प्रदर्शनको क्रममा वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय

प्रधानमन्त्री ओली आज सुदूरपश्चिम आउँदै
फागुन २५, २०८१ आइतबार, धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम आउने भएका छन्। सो क्रममा उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने
प्रतिकृया दिनुहोस