मणिकाधाम मेलामा जान, आउन महिला साना किसान सहकारी झलारीले निःशुल्क बस सेवा सञ्चालन गर्ने

भोजराज जोशी, २०८१ फाल्गुण २३ गते शुक्रबार, झलारी । शुक्लाफाँटा नगरपालिका–१० स्थित महिला साना किसान कृषि सहकारी संस्था झलारीले मणिकाधाम मेलामा जाने दर्शक र तीर्थयात्रीहरूका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

 

सहकारी संस्थाले फागुन २४ गते लाग्ने मणिकाधाम मेलामा जाने दर्शक र तीर्थयात्रीहरूका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको हो। झलारी र बनसमितिदेखि मणिधाम मेलामा जाने श्रद्धालु तथा दर्शकहरुको सुविधाका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको सहकारीका अध्यक्ष धनेश्वरी भट्टले बताइन्। 

 

उनका अनुसार फागुन २४ गते बिहान ८ बजेबाट एउटा बस झलारीदेखि मणिकाधाम र अर्को बस बनसमितिदेखि कालापानी हुँदै मणिकाधामसम्म सञ्चालन हु्नेछ। 

 

‘हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत २ वटा बस सञ्चालन गरेका छौं,’ उनले भनिन्, ‘मेलामा सहभागी हुन चाहने श्रद्धालु तथा दर्शकहरुलाई निःशुल्क बस सेवाको लाभ लिन आग्रह गर्दछु।’

 

मेलामा सहभागी श्रद्धालु तथा दर्शकहरुका लागि चियापानको व्यवस्था समेत गरिएको अध्यक्ष भट्टले बताइन्। ‘फागुन २४ गते बिहानैदेखि साँझसम्म बस सञ्चालन हुनेछन्,’ उनले भनिन्, ‘मेलामा सहभागीहरुका लागि चियापानको व्यवस्था समेत गरेका छौं।’

 

फागुन शुक्ल पक्षको नवमीको राति र दशमीको दिन मणिकाधाममा प्रत्येक वर्ष मेला लाग्ने गर्दछ। जिल्लाकै धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्यका रूपमा मणिकाधामलाई लिने गरिन्छ।

 

मणिकाधाममा रहेको बैजनाथ बाबाको दर्शन गरेमा ईच्छित फल पाइने जनविश्वासका रहेको छ। मेलामा भारत, नेपालका दर्शनार्थीसँगै व्यापारीको ठूलो जमघट हुने गर्दछ।

प्रतिकृया दिनुहोस

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक बढ्दै , चैतमै ५२० जना पुगे

२०८१ चैत्र ३० । सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय क्षेत्रहरूमा शुक्लाफाँटा एक हो। कञ्चनपुर जिल्लामा रहेको सुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

धनगढीको सीप मेलाबाटै १०४ जनालाई रोजगारी

शनिबार, २३ चैत २०८१ धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सीप मेलाबाटै एक सय चार जनाले रोजगारी पाएका छन्। फागुन ८ गतेदेखि चैत १५

दैजीदेखी अत्तरियासम्मको पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति गरिँदै

२०८१ चैत्र १७, कञ्चनपुरः कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीबाट कैलालीको अत्तरियासम्मको राजमार्गलाई खाल्डाखुल्डीरहित बनाउने कार्य अगाडि बढेको