चार दिन देखि सडकमै वडा कार्यालय सञ्चालन, ठेकेदारले अझै देखाएनन् काम गर्ने छाँटकाट

फाल्गुन २२, २०८१ कृष्णपुर, । ३ वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने सडक ५ वर्ष पुग्नै लाग्दा पनि निर्माण सम्पन्न नभएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकामा वडाध्यक्षले विरोध स्वरुप सडकमै कार्यालय सञ्चालन गरेका छन ।

 

ठेकेदारलाई पटक–पटक आग्रह गर्दा पनि काम नगरेपछि वडा नम्बर २ का अध्यक्ष अर्जुन साउँदले सडकमै कार्यालय राखेर विरोधको नयाँ शैली अपनाएका हुन । वडाध्यक्ष साउँदले फागुन १८ गते देखि कार्यान्वयन निकाय पूर्वाधार विकास कार्यालय कञ्चनपुर र ठेकेदारलाई दबाब दिन सडकमै वडा कार्यालय राखेर विरोध जनाएका थिए ।

 

तर, सडकमा वडा कार्यालय राखेको ४ दिन बितिसक्दा पनि ठेकेदारले भने अझै काम गर्ने छाटकाट देखाएका छैनन् । वडाध्यक्ष साउँदले ठेकेदारले काम गरेजस्तो गरे पनि भर पर्न सक्ने अवस्था नभएको बताए । उनले यसअघि पनि पटक पटक काम गरेजस्तो गरेर बेपत्ता हुने गरेकाले यस पटक जसरी पनि काम सम्पन्न गराउनका लागि दबाब जारी राखेको बताए । कालोपत्रे गर्ने कार्यको सुनिश्चितता नहुँदासम्म सडकमै बसेर सेवा प्रवाह गर्ने उनको भनाइ छ । जन दबाब बढ्न थालेपछि सडकमै कालो ब्यानर राखेर कालोपत्रेका लागि सडकमा उत्रिनु परेको उनले बताए ।

 

सुदूरपश्चिम सरकारको गौरवको योजनामा पर्ने बंक–नायल–बुडर सडक निर्माणका लागि २०७७ साउनमा सन्तोषी जेभी थेगिङ सँग सम्झौता भएको थियो । सम्झौता अनुसार २०८१ वैशाखमा काम सक्नुपर्ने भए पनि हाल सम्म ३५ प्रतिशत पनि काम पुरा भएको छैन ।

 

तोकिएको मितिमा काम नसकिएपछि हाल पूर्वाधार विकास कार्यालय कञ्चनपुरले २०८२ चैत ३० सम्म तोकेको छ । हाल थपिएको म्याद बाकी भए पनि ठेकेदारले कामै नगरेपछि वडाध्यक्षले सडकमै कार्यालय राखेर विरोध थालेका हुन । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र बहादुर अधिकारीले निर्माण व्यवसायीको लापरबाहीका कारण समयमा काम पुरा हुन नसकेको बताए ।उनले ठेकेदारलाई पटक पटक पत्राचार गर्दा पनि काम नगरेको बताए ।

 

‘निर्माण व्यवसायीले एक हप्ताभित्र काम सुरु गर्छु भन्ने तर काम नगर्ने प्रवृति देखिएको छ’ उनले भने ‘अहिले काम गरेको जस्तो देखाउने गरी बेस बोक्ने काम गरेको छ । तर, निकै सुस्त काम भइरहेको छ ।’ उनले कामको गति नबढाए ठेक्का तोड्ने चेतावनी ठेकेदारलाई दिइएको बताए ।

 

उनले बंक पहरिया दोमिल्ला ७ किलोमिटर सडकमा सव बेसको काम गरिएको भए पनि बेसको काम गरेर कालोपत्रेको काम बाकी रहेको बताए । सडक निर्माणका लागि एघार करोड ८६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

प्रतिकृया दिनुहोस

शुक्लाफाँटामा नगर गौरवका योजनाहरूको प्रगति अन्तिम चरणमा

२७ फाल्गुण, २०८१, झलारी । शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरबका योजनाको कार्य तिब्र गतिमा भइरहेको छ ।   शुक्लाफाँटा नगरपालिकामा नगर

मणिका धाममा धार्मिक मेला सुरु

२०८१ फाल्गुण २३ गते, झलारी, कञ्चनपुर, । शुक्लाफाँटा नगरपालिकाको महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र मणिका धाम क्षेत्रमा लाग्ने मेला भर्नका लागि

मणिकाधाम मेलामा जान, आउन महिला साना किसान सहकारी झलारीले निःशुल्क बस सेवा सञ्चालन गर्ने

भोजराज जोशी, २०८१ फाल्गुण २३ गते शुक्रबार, झलारी । शुक्लाफाँटा नगरपालिका–१० स्थित महिला साना किसान कृषि सहकारी संस्था झलारीले मणिकाधाम मेलामा जाने