फेसबुकले बालेनसँग माग्यो माफी, फेसबुकले फिर्ता गर्‍यो बालेनको स्टाटस

२०८१ भदौ २२ गते शनिबार, काडमाण्डौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको टाइमलाइनबाट गायब भएको एउटा फेसबुक पोस्ट ४ दिनमा रिकभर भएको छ । बालेनको सचिवालयले फेसबुकसँग समन्वय गरेर पोस्ट रिकभर गर्न सफल भएको हो ।

 

एमालेकी प्रदेश सांसद रेखा शर्मामाथि बाल श्रम दुरुपयोगको आरोप लगाउँदै बालेनले भदौ १६ गते एक स्टाटस लेखेका थिए । त्यसमा उनले शर्मालाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरेका छन् । शर्माको तस्विरसहित उनले गरेको पोस्ट दुई दिनपछि डिलिट भएको थियो ।

 

एमालेका कार्यकर्ता तथा समर्थक बालेनले झूटो आरोप लगाएको भन्दै आक्रोशित बनेका थिए । उनीहरुले व्यापकरुपमा रिपोर्ट गरेपछि फेसबुकले पोस्ट हटाइदिएको थियो । एमाले कार्यकर्ताले भने बालेन स्वयमले आफ्नो पोस्ट डिलिट गर्न बाध्य भएको दाबी गर्दै आएका छन् ।

 

बालेनको सचिवालयले पोस्ट खुलाउनका लागि फेसबुकमा पत्राचार गरेको थियो । अन्ततः फेसबुकले आज पोस्ट फेरि ‘शो’ गरेको छ । फेसबुकले माफीसमेत मागेको छ ।

 

बालेनलाई पठाएको फेसबुकको नोटिसमा भनिएको छ, ‘हामीले यसलाई गलतरुपमा लिएकोमा दुःखी छौं । हामीले तपाईंको पोस्ट फेरि पुनरावलोकन गर्यौं र हाम्रो सामुदायिक मापदण्डअनुरुप नै भएको पायौं । तपाईंले पुनरावलोकनका लागि अनुरोध गर्न समय निकाल्नुभएकोमा आभारी छौं । तपाईंको प्रतिक्रियाले हामीलाई राम्रो गर्न सहयोग मिल्नेछ ।’

प्रतिकृया दिनुहोस

सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै

२०८१ भदौ ३१ गते सोमबार, धनगडी । सुदुरपश्चिम प्रदेश सरकारले आज सोमबार बजेट ल्याउने भएको छ । सरकारले आज चालु आर्थिक वर्षको बजेट ल्याउन लागेको हो । गत

सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते चालु आर्थिक वर्षको बजेट ल्याउने

२०८१ भदौ २९ गते शनिबार, धनगढी । सुदुरपश्चिम प्रदेश सरकारले ३१ गते बजेट ल्याउने भएको छ।   आज शनिबार कैलालीको धनगढीमा आयोजना गरिएको पत्रकार

आज ६०औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै

२०८१ भदौ २९ गते शनिबार, काठमाडौँ । आज ६०औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ। ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ