आज गणेश चतुर्थी, गणेश भगवानको विशेष पूजा आराधना गरी गणेश चतुर्थी मनाइँदै

२०८१ भदौ २२ गते शनिबार, । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

 

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका तीज को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ ।

 

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका बर्तालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । मङ्गल चतुर्थीसमेत भनिने यो पर्वलाई नेवार समुदायले भने चथा पर्वका रूपमा मनाउँछ ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरबाट एक लाख बढीको अवैध सामान बरामद

२०८१ भदौ २७ गते बिहीबार कञ्चनपुर । कञ्चनपुरबाट एक लाख बढीको अवैध सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–४, भीमदत्त–१० गड्डाचौकी, र

कञ्चनपुरमा लागुऔषधसहित पाँच जना पक्राउ

२०८१ भदौ २७ गते बिहीबार, कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्।   जिल्लाको भीमदत्त नगरपालिका–१८ जानकीटोलबाट बैतडीको

पल शाह र पुजा शर्मा बिहिबार धनगढी आउने

२०८१ भदौ २७ गते बिहीबार, धनगढी । पल शाह र पुजा शर्मा  बिहिबार भाद्र २७ गते दिउसो १२ बजे र २ः३० को शोमा धनगढी आउने भएका हुन् । गत शुक्रबारबाट