अत्तरियाबाट धनगढी जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२०८१ भदौ २२ गते शनिबार, अत्तरिया । कैलालीको अत्तरियाबाट धनगढी तर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भएको छ।

 

जिल्लाको गोदावरी नगरपालिका–१  मा रहेको अत्तरियाको विद्युत कार्यालय नजिक अत्तरिया–धनगढी सडक खण्डमा अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ९९९८ नम्बरको मोटरसाइकल गएराति ९ः३० बजेको समयमा आफै अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको हो।

 

मोटरसाइकल पल्टिदा चालक गम्भिर घाईते भएका थिए। उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढी ल्याइएकोमा रातिनै १०ः२५ बजे चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चालकको नामथर, वतन अहिलेसम्म नखुलेको प्रहरीले बताएको छ । 

प्रतिकृया दिनुहोस

जाजरकोटमा ५.२ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिममा पनि भूकम्प महशुस

शनिबार, २३ चैत २०८१,। जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर शुक्रबार साँझ भूकम्प गएको हो । शुक्रबार साँझ ८ बजेर

चितवनको सेती दोभानमा बस दुर्घटना, २३ जना घाइते

 २०८१ माघ २७ गते, काठमाडौै । चितवनको सेती दोभानमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।   बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँँदै गरेको

नेपाली काँग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी मृत भेटिए, अनुसन्धानमा कुकुर परिचालन

१९ माघ, २०८१ महेन्द्रनगर । कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएपछि घटनाको अनुसन्धान थालिएको छ। भीमदत्त