सामाजिक सञ्जालमा कुन नेताका फलोअर्स कति, फेसबुकमा बालेन सबैभन्दा अगाडि

२०८१ भदौ २२ गते शनिबार, काडमाण्डौँ । काठमाडौं महानगरका प्रमुख बालेन साह बालेन्द्र का समर्थकहरूले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान चलाए।

 

मंगलबार बालेनले आफ्नो ‘स्टाटस’ फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो। कसैले रिपोर्ट गरेका कारण सो ‘पोष्ट’ फेसबुकले ‘डाउन’ गरेको सचिवालयले दाबि गरेको थियो।

 

त्यसपछि मंगलबार नै बालेनले पोष्ट हटाउने होइन, दोषीलाई कारबाही गर्नुपर्‍यो भन्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गरे। त्यसपछि बालेनका समर्थकले ओलीलाई अनफलो अभियान चलाए ।

 

मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेको थियो। यो समाचार तयार पार्दा ५ लाख ९२ हजार मात्र रहेका छन्।

 

बालेनले भदौ १६ गते एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए। सांसद शर्माको विषयमा कुनै कारबाही नभएको भन्दै बालेनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए। पोष्ट हटेपछि शुरु भएको विवाद अब एकअर्काका पेज अनफलो गर्ने अभियानसम्म पुगेको छ।

 

फलो तथा अनफलो ट्रेण्डलाई लिएर सामाजिक सञ्जालमा ‘नोकझोक’ चलिरहेको छ। कतिपयले यसलाई फलो गर्नु या नगर्नु सामान्य रहेको बताएका छन् भने कतिपयले नेतृत्वको आलोचना गर्ने नयाँ तरिका बताइरहेका छन्।

 

कुन नेताको कति छन् फलोअर्सर

 

अहिले कुनै पनि सूचनाको स्रोतको मुख्य माध्यम बनेको छ सामाजिक सञ्जाल। विशेष गरेर नेपालमा फेसबुक र ट्विटर लोकप्रिय छ। नागरिकदेखि लिएर राजनीतिक दलका हरेक व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन्।

 

धेरै जसो राजनीतिक दलमा नेताले फेसबुक र ट्विटरबाट नै विभिन्न ‘अपडेट’ दिने गरेका छन्। कहिलेकाहिँ आफ्ना दलका नेतालाई फलो गर्ने ‘ट्रेण्ड’ पनि बन्ने गरेका छन्।

 

सामाजिक सञ्जालमा सबैभन्दा धेरै बालेनको फलोअर्स छन्। बालेनको २१ लाख फेसबुकमा फलोअर्स रहँदा ५ लाख १२ हजार ट्विटरमा फलोअर्स छन्।

 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका १२ लाख फलोअर्स फेसबुकमा हुँदा ५ लाख १२ हजार ट्विटरमा फलोअर्स छन्।

 

यसैगरी नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराईका १४ लाख फलोअर्स फेसबुकमा रहेका छन् १५ लाख फलोअर्स ट्विटरमा छन्।

 

त्यस्तै, धरान उपमहानगर पालिकाका प्रमुख हर्क साम्पाङको ८ लाख ६८ हजार फलोअर्स रहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली फेसबुकमा ५ लाख ९२ हजार फलोअर्स छन् भने ट्विटरमा ८ लाख हजार फलोअर्स छन्।

 

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ५ लाख ७७ हजार फलोअर्स छन् भने ४ लाख १८ हजार फलोअर्स ट्विटरमा छन्। नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाको २ लाख ६५ हजार फलोअर्स फेसबुकमा हुँदा ट्विटरमा भने ४ लाख ४४ हजार फलोअर्स छन्।

 

त्यस्तै नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपालको १ लाख ९२ हजार जनाले फेसबुकमा फलो गर्दा ट्विटरमा ७१ हजार जनाले फलो गरेका छन्।

 

कतिपय नेता सामाजिक सञ्जालमा निकै सक्रिय छन्। नेपाली कांग्रेसमा महामन्त्री गगन थापाको फेसबुकमा ५ लाख ३० हजार हुँदा ट्विटरमा १२ लाख फलोअर्स छन्। त्यसैगरी नेकपा एमालेका सचिव योगेश भट्टराईको ३ लाख ६८ हजार फलोअर्स रहँदा ट्विटरमा ४ लाख ७३ हजार फलोअर्स छन्।

 

त्यसैगरी एमालेका सांसद गोकुल बास्कोटाको १ लाख ५४ हजार फलोअर्स हुँदा ट्विटरमा १ लाख ४३ हजार फलोअर्स छन्। नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीका एक लाख फलोअर्स फेसबुकमा छन् भने १ लाख ८८ हजार फलोअर्स ट्विटरमा छन्।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै

२०८१ भदौ ३१ गते सोमबार, धनगडी । सुदुरपश्चिम प्रदेश सरकारले आज सोमबार बजेट ल्याउने भएको छ । सरकारले आज चालु आर्थिक वर्षको बजेट ल्याउन लागेको हो । गत

सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते चालु आर्थिक वर्षको बजेट ल्याउने

२०८१ भदौ २९ गते शनिबार, धनगढी । सुदुरपश्चिम प्रदेश सरकारले ३१ गते बजेट ल्याउने भएको छ।   आज शनिबार कैलालीको धनगढीमा आयोजना गरिएको पत्रकार

आज ६०औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै

२०८१ भदौ २९ गते शनिबार, काठमाडौँ । आज ६०औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ। ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ