शुक्लाफाँटामा हरितालिका तीजको अवसरमा शुभकामना तथा सांस्कृतिक तीज कार्यक्रम मनाइयो
२०८१ भदौ २२ गते शनिबार, झलारी, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा तीज कार्यक्रम मनाइएको छ।
शुक्रवार शिवपार्वती महिला समुहको आयोजनामा हरितालिका तीजको अवसरमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम मनाइएको हो। समुहका अध्यक्ष पुष्पा केशीको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महरा रहेका थिए। कार्यक्रममा बोल्दै उनले परम्पराकालदेखि महिलाहरुले तीजको बर्त बस्दै आएको बताए।
पछिल्लो समय तीजका नाममा विकृती देखिएका छन्, समाजका अगुवा महिलाहरुले परम्परा, संस्कृतिको संरक्षण गर्नु आवश्यक छ,’ उनले भने। नगरपालिकाले आवश्यक सहयोग गर्ने उनले बताए। बालबालिका कुलतमा फसेको बताउँदै उनले लागुऔषध नियन्त्रणमा महिला अभिभावकको महत्वपूर्ण भूमिका रहेको बताए। तीजको शुभकामना दिदै नगर उपप्रमुख कल्पना पन्तले स्वास्थ्यको ख्याल गरेर बर्त बस्नु पर्ने बताइन्। तीज कार्यक्रमलाई नगरपालिकाले संस्थागत रुपमा मनाउनुपर्ने निवर्तमान नगर प्रमुख दिलबहादुर ऐरले बताए।
हामीले नगरपालिकाका ४ स्थानमा संस्थागत रुपमै तीज मनाउँदै आएका थियौं,’ उनले भने, ‘अब यस कार्यक्रमलाई नगरपालिकाले संस्थागत रुपमा मनाउनुपर्छ।’ तीज कार्यक्रममा सृजनशिल बचत तथा ऋण सहकारी संस्था र साथी केवल टीभि नेटवर्क प्रा।लि।को सहयोग रहेको थियो।
कार्यक्रममा श्रीकृष्ण बैजनाथ बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष सिद्धराज भट्ट, सृजनशिल सहकारीका अध्यक्ष शिवराज भट्ट, वडा नं। ११ का अध्यक्ष शेरबहादुर साउँद, कञ्चन झलारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जोगीसिंह सोब, सिद्धभिम आधारभूत विद्यालयका अध्यक्ष शिवराज भट्टलगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन मोनिका भट्टले गरेकी थिइन्।
आज पुष महिनाको पहिलो आइतबार, सूर्यदेवको विशेष पूजा र आराधना
७ पुष २०८१, आईतवार आज पुस महिनाको पहिलो आइतबारको अवसरमा भगवान् सूर्यको विशेष पूजा आराधना गरिँदैछ। वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई
यस वर्षको बडादशैँ सकियो
२०८१ कार्तिक ०१ गते बिहीबार । यस वर्षको बडादशैँ समापन भएको छ । असोज शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि हिजै परेकाले मान्यजनबाट आशीर्वादस्वरूप
कोजाग्रत पूर्णिमा व्रत गरिँदै, दशैँको टीकाको आज अन्तिम दिन, पूर्णिमा भोलि, ‘कोजाग्रत’ आज
२०८१ असोज ३० गते बुधबार, । दुर्गा पक्ष अर्थात् बडादशैँ धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि
प्रतिकृया दिनुहोस