आज हरितालिका तिज,उमामहेश्वरको व्रत तथा पूजा आराधना गरी मनाइँदै

२०८१ भदौ २१ गते शुक्रबार ।भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजा(आराधना गरी मनाउँदैछन्।

 

पञ्चांगमा आज १५ घडी ५७ पला अर्थात् मध्याह्न १२ बजेर ८ मिनेटसम्म तृतीया तिथि रहने र त्यसपछि चतुर्थी ९चौथी० लाग्ने उल्लेख छ।

 

भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ।

 

व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा। डा। रामचन्द्र गौतम बताउँछन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।


सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएका थिए। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए ।

 

साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तिजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।

 

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन नीराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

 

विवाहिताले पति र छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताले असल पतिको कामनामा व्रत बस्ने परम्परा छ। आजको दिन शिवालयमा श्रद्धालुको घुइँचो लाग्छ।

 

तीजका लागि माइतीले चेलिबेटीलाई निम्तो गर्ने, सम्भव भएसम्म सबै दिदीबहिनी एकै थलोमा जम्मा हुने, अघिल्लो दिन बेलुकी ‘दर’ खाने गर्छन्। घरव्यवहारमा पाएका दुःखकष्ट पोखेर नाचगान गर्छन्।

प्रतिकृया दिनुहोस

कञ्चनपुरबाट एक लाख बढीको अवैध सामान बरामद

२०८१ भदौ २७ गते बिहीबार कञ्चनपुर । कञ्चनपुरबाट एक लाख बढीको अवैध सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–४, भीमदत्त–१० गड्डाचौकी, र

कञ्चनपुरमा लागुऔषधसहित पाँच जना पक्राउ

२०८१ भदौ २७ गते बिहीबार, कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्।   जिल्लाको भीमदत्त नगरपालिका–१८ जानकीटोलबाट बैतडीको

पल शाह र पुजा शर्मा बिहिबार धनगढी आउने

२०८१ भदौ २७ गते बिहीबार, धनगढी । पल शाह र पुजा शर्मा  बिहिबार भाद्र २७ गते दिउसो १२ बजे र २ः३० को शोमा धनगढी आउने भएका हुन् । गत शुक्रबारबाट