‘नेपाल आमा’को मूर्ति निर्माण सुरु भएपछि भम्केनी धाममा बढे पर्यटक

२०८१ भदौ १९ गते बुधबार, कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ। यसअघि प्रायः सुनसान रहने भम्केनी धाममा जगतगुरु मोहनशरण देवाचार्यले धार्मिक गतिविधि बढाएपछि दर्शन गर्न आउनेको चहलपहल बढेको हो। 

 

यहाँ साविकका ७५ वटै जिल्ला चिनाउने गरी ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण सुरु गरिएको छ। धाममा धार्मिक गतिविधि बढेपछि यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छु, स्थानीय पदम बोहराले भने, अहिले त चतुराधाम पूर्वको झापासम्मका मानिस यहाँ आउने गरेका छन्।

 

द्वापार युगमा पाण्डवले वनवासमा रहँदा यस क्षेत्रमा आइ कुवाबाट पानी निकाल्दा भक्कानिएर पानी आएकाले यसलाई भम्का भनिएको विश्वास छ। यो सिद्धबैजनाथको भूमि भएकाले यसको विशेष महत्त्व छ नै त्यसमा पनि पाण्डवले यो क्षेत्रमा बास बसेको किंवदन्ती छ।

 

स्थानीय महेश जोशीका अनुसार यहाँ दर्शन गर्न आउनेको सङ्ख्या बढ्दो छ। उनका अनुसार धाम परिसरमा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाको पहिचान झल्कने गरी फरक–फरक कुण्ड निर्माण गरिएका छन्। 

 

जगतगुरु मोहनशरण देवाचार्यले २०७२ वैशाखदेखि २०७४ माघसम्म नेपाललाई दाहिने पारेर परिक्रममा गर्दा करिब २२ टन तामा र पित्तल सङ्कलन भएको थियो। त्यसबाहेक तीन टन धातु स्थानीयले दान गरेका थिए । सङ्कलन भएका धातुबाट नेपाल आमाको मूर्ति निर्माण सुरु भएको हो।

प्रतिकृया दिनुहोस

कञ्चनपुरबाट एक लाख बढीको अवैध सामान बरामद

२०८१ भदौ २७ गते बिहीबार कञ्चनपुर । कञ्चनपुरबाट एक लाख बढीको अवैध सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–४, भीमदत्त–१० गड्डाचौकी, र

कञ्चनपुरमा लागुऔषधसहित पाँच जना पक्राउ

२०८१ भदौ २७ गते बिहीबार, कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्।   जिल्लाको भीमदत्त नगरपालिका–१८ जानकीटोलबाट बैतडीको

पल शाह र पुजा शर्मा बिहिबार धनगढी आउने

२०८१ भदौ २७ गते बिहीबार, धनगढी । पल शाह र पुजा शर्मा  बिहिबार भाद्र २७ गते दिउसो १२ बजे र २ः३० को शोमा धनगढी आउने भएका हुन् । गत शुक्रबारबाट