धानमा राते रोग लागे डाइमेथिएट विषादी प्रयोग गर्न सुझाव

धानमा रोग लागेपछि पूर्वी नवलपरासीका अधिकांश किसान चिन्तित छन् । धान रोप्ने बेला सुरुमा बीउ र मल अभाव खेपेका किसानले अहिले रोगसँग सामना गर्नुपरेको हो ।

 

रोग लागेर बोट नसप्रने, पात रातो हुने तथा बोट मर्ने गरेको कावासोती–१२ का कृषक राजेश लम्सालले बताए । “सुरुमा मल पाइएन हामीले पनि मल नपुगेर होला भन्यौँ”, लम्सालले भने, “अहिले बोट नै रातो हुँदै गइरहेको छ । मुख्य बाली धान नोक्सान भएको छ ।” 

 

कावासोती नगरपालिका–१६ का २४ कृषकको करिब ११३ बिघाभन्दा धेरै धान खेतमा यो रोग देखिएपछि क्षतिपूर्तिका लागि वडा कार्यालयमार्फत नगरपालिकामा माग गरेका कृषक लक्ष्मण विकले बताए । रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीलाई युरिया मल चाहिन्छ । किसानले धान रोपेको दुई महिना बित्न लाग्दासमेत मलसमेत पाएनन् ।

 

करिब १८ हजार हेक्टरभन्दा धेरै क्षेत्रमा धान खेती गरिएकामध्ये अधिकांश क्षेत्रका धान खेतमा राते रोग देखिएको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका प्रमुख मीरा चौधरीले बताइन् । धानमा लागेको राते रोगका कारण यस वर्षको धानको उत्पादन पनि घट्ने प्रमुख चौधरीको भनाइ छ । 


प्रमुख चौधरीका अनुसार धानले समयमा मल नपाउँदा सेतो झिङ्गाले आक्रमण गरेको कारणले यो रोग लागेको हो । सेतो झिङ्गाले धानका पातलाई चुस्दै जाँदा धानको बोट नै पहेलो हुँदै गएको चौधरी बताउँछिन् । धान पहेँलो हुँदै गएपछि कृषकले युरिया डीएपीलगायत मल प्रयोग गर्दा सेतो झिगाँलाई चुस्न झन सहज हुने भएकाले धानको बोट रातो देखिएपछि रासायनिक मल प्रयोग गर्न नहुने उनको भनाइ छ ।

 

बोट रातो देखिएपछि युरिया डीएपी जस्ता मल प्रयोग गर्दा बोट पोटिलो भएर आउने र झिंगालाई पात चुस्न झन सहज हुने हुँदा कृषि प्राविधिकको सल्लाहअनुसार मल तथा औषधि प्रयोग गर्नुपर्ने चौधरी बताउँछिन् । 

 

धान खेतमा देखिएको यो रोगको तत्कालको रोकथाम भनेको डाइमेथिएट विषादी चार लिटर पानीमा एक मिलिलिटरको दरले मिसाएर धानको पात र बोट भिज्ने गरी छर्किनुपर्ने चौधरीको सुझाव छ । औषधि प्रयोगपश्चात केही ठाउँमा सुधार आए पनि कुनैमा भने सुधार नभएको जनाइएको छ ।

 

कति क्षेत्रमा रोगले असर पारेको त्यसको विवरण सङ्कलन भइरहेको र कृषि प्राविधिक कृषकका खेतमा पठाएर रोग नियन्त्रणको प्रयास भइरहेको चौधरीले बताइन् ।१२खरी

प्रतिकृया दिनुहोस

दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने

२०८१ भाद्र १८ गते मंगलवार, काठमाडौं । यस पटकको दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने भएका छन् ।   नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा। डिल्लीराम

नेपालमा फेरी घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा प्रति लिटर २ रुपैयाँ घट्दा मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाईयो

२०८१ भदौ १६ गते आईतबार । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि पनि घटाएको छ।   निगमले हिजो सार्वजनिक गरेको विवरण अनुसार राती १ बजेदेखि लागू हुने गरी

पिपलाडी साना किसान सहकारीको साधारणसभा सम्पन्न, वार्षिक नाफा २० लाख 

झलारी। शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी साना किसान सहकारी संस्थाको नवौं साधारणसभा सम्पन्न भएको छ। आइतबार सहकारीका अध्यक्ष सृजना भण्डारीको