नेपाल निम्नमध्यम आय भएको देशमा उक्लियो ,निम्न आयबाट माथी उठ्यो

काठमाण्डौ – नेपाल निम्न आयबाट निम्नमध्यम आय भएको देशमा उक्लिएको छ । विश्व बैंकलेसार्वजनिक गरेको तथ्याँकअनुसार नेपाल निम्न आय भएको देशबाट मध्यम आए भएको देशमा उक्लिएको हो ।गएको वर्ष ९ सय ७० अमेरिकी डलर आय भएकाले नेपाल निम्न आय भएको देशमा थियो ।

 

 

 

सन् २०१९ मा नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ । विश्वबैंकले १०३५ अमेरिकी डलरभन्दा कम प्रतिव्यक्ति आम्दानी हुने देशलाई न्यून आयवर्गमा राख्दै आएको छ । नेपालमा गएको तीन आर्थिक वर्षमा कुल गार्हस्थ त्पादनको वृद्धिदर (आर्थिक वृद्धि) क्रमशः ८ दशमलव २, ६ दशमलव ७ र ७ प्रतिशत हासिल भएपछि प्रतिव्यक्ति आम्दानी पनि त्यही अनुपातमा बढेको हो । 

दक्षिण एशियामा माल्दिभ्सको प्रतिव्यक्ति आय राम्रो 

दक्षिण एशियाली देशहरूमध्ये सबैभन्दा उच्च प्रतिव्यक्ति आय भएको देश माल्दिभ्स रहेको छ । सन् २०१९ मा माल्दिभ्सको प्रतिव्यक्ति आम्दानी ९ हजार ६ सय ५० अमेरिकी डलर रहेको विश्व बैंकले जनाएको छ । 

माल्दिभ्स उच्च मध्यम आय वर्गमा भएको दक्षिण एशियाको एकमात्रै देश हो । यसअघि श्रीलंका पनि उच्च मध्यम आय भएको देशमा थियो । तर यस वर्ष श्रीलंका प्रतिव्यक्ति आय खस्किएर निम्नमध्यम आय भएको देशमा झरेको छ।

गएको वर्ष श्रीलंकाको प्रतिव्यक्ति आय ४ हजार ६० अमेरिकी डलर थियो, यो वर्ष ४ हजार २० डलरमा खुम्चेको छ । दक्षिण एशियाली देशमध्ये अब अफगानिस्तान मात्रै न्यून आयवर्गमा रहेको छ । अफगानिस्तानको प्रतिव्यक्ति आय ५ सय ४० अमेरिकी डलरमात्रै रहेको विश्व बैंकको तथ्याँकले देखाएको छ । 

विश्वबैंकले संसारभरीका देशलाई उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न गरी चार आय वर्गमा वर्गीकरण गर्दै आएको छ । विश्व बैंकले १ हजार ३५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय भएका देशहरुलाई न्यून आयवर्गमा, त्यसभन्दा माथि ४ हजार ४५ अमेरिकी डलरसम्म आम्दानी हुनेलाई निम्नमध्यम आयवर्गमा राखिएको छ । ४ हजार ४६ देखि १२ ३ सय ३५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय हुनेलाई उच्च मध्यम वर्ग र त्यसमाथि जति पनि आय हुनेलाई उच्च आय वर्गमा राखिएको छ । 

 

प्रतिकृया दिनुहोस

दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने

२०८१ भाद्र १८ गते मंगलवार, काठमाडौं । यस पटकको दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने भएका छन् ।   नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा। डिल्लीराम

नेपालमा फेरी घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा प्रति लिटर २ रुपैयाँ घट्दा मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाईयो

२०८१ भदौ १६ गते आईतबार । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि पनि घटाएको छ।   निगमले हिजो सार्वजनिक गरेको विवरण अनुसार राती १ बजेदेखि लागू हुने गरी

पिपलाडी साना किसान सहकारीको साधारणसभा सम्पन्न, वार्षिक नाफा २० लाख 

झलारी। शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी साना किसान सहकारी संस्थाको नवौं साधारणसभा सम्पन्न भएको छ। आइतबार सहकारीका अध्यक्ष सृजना भण्डारीको