आज ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

२०८१ भदौ २३ गते आइतबार, काडमाण्डौँ । आज ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ।

 

हरेक वर्ष सेप्टेम्बर ८ का दिन यो दिवस मनाउने गरिन्छ। यस वर्ष साक्षरता दिवसको नारा ‘बहुभाषिक शिक्षाको प्रवर्द्धन स् पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ रहेको छ। सरकारले २०६५ सालमा निरक्षरता उन्मूलनका लागि राष्ट्रिय साक्षरता अभियान सुरु गरेको थियो।

 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाअनुसार अहिलेसम्म ७७ मध्ये ६४ जिल्ला साक्षर घोषणा गरिएको छ। जसमा बागमती, गण्डकी र कोशीबाहेकका प्रदेश साक्षर घोषणा हुन बाँकी नै छन्। घोषणा हुन बाँकीमा मधेस प्रदेशका ८ जिल्ला, कर्णालीका मुगु जुम्ला, हुम्ला, कालिकोट र डोल्पा रहेका छन्।

 

आगामी वर्षसम्ममा नेपाललाई साक्षर नेपाल घोषणा गरी सिकाइका अवसरहरू सुनिश्चित गर्ने सरकारको लक्ष्य रहेको छ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै

२०८१ भदौ ३१ गते सोमबार, धनगडी । सुदुरपश्चिम प्रदेश सरकारले आज सोमबार बजेट ल्याउने भएको छ । सरकारले आज चालु आर्थिक वर्षको बजेट ल्याउन लागेको हो । गत

सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते चालु आर्थिक वर्षको बजेट ल्याउने

२०८१ भदौ २९ गते शनिबार, धनगढी । सुदुरपश्चिम प्रदेश सरकारले ३१ गते बजेट ल्याउने भएको छ।   आज शनिबार कैलालीको धनगढीमा आयोजना गरिएको पत्रकार

आज ६०औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै

२०८१ भदौ २९ गते शनिबार, काठमाडौँ । आज ६०औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ। ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ