थारु समुदायमा आज अट्वारी पर्व मनाईँदै

२०८१ भदौ २३ गते आइतबार, । पश्चिम नेपालका थारु बाहुल्य जिल्लामा अट्वारी पर्व धुपधामका साथ मनाइँदैछ। यो पर्वमा थारु समुदायका पुरुषहरु ब्रत बस्ने चलन छ। अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बसोवास रहेका ६ जिल्लामा सार्वजनिक विदा समेत दिएको छ।

 

हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर ९भिन्सर्या० खाएर अट्वारी ब्रतको तयारी सुरु हुन्छ। दुई दिन सम्म मनाईने अट्वारी पर्व बारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै आएको छ।द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आज दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ।

 

अर्कोथरी मत अनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ। दंगिशरण राजाले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारू समुदायको विश्वास छ।

 

अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाको कामना गर्दै पानी समेत नपिएर दिनभर निर्जल, निराहर व्रत बस्ने गर्दछन्। वर्त बसेका बर्तालुहरुले फलफूललगायतका पकवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ।

 

त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने गरिन्छ। तर, पछिल्लो समय यि र यस्ता संस्कृतीहरु लोप हुने अवस्थामा छन। यि संस्कृतीको संरक्षण गर्न आवश्यक रहेको थारु कल्याणकारीणी सभा दाङ क्षेत्र नं १ का पूर्व अध्यक्ष चेतराम चौधरीले बताए। ​

 

अट्वारी पर्वमा लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासी पश्चिममा सार्वजनिक बिदा दिएको छ। परापूर्व कालदेखी मनाउदै आएका कला संस्कृती लोप हुने अवस्थामा पुग्न थालेका छन्। समुदाय अनुसारको फरक फरक परम्पराको संरक्षण गर्ने योजना सबैले बनाउन जरुरी छ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरबाट एक लाख बढीको अवैध सामान बरामद

२०८१ भदौ २७ गते बिहीबार कञ्चनपुर । कञ्चनपुरबाट एक लाख बढीको अवैध सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–४, भीमदत्त–१० गड्डाचौकी, र

कञ्चनपुरमा लागुऔषधसहित पाँच जना पक्राउ

२०८१ भदौ २७ गते बिहीबार, कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्।   जिल्लाको भीमदत्त नगरपालिका–१८ जानकीटोलबाट बैतडीको

पल शाह र पुजा शर्मा बिहिबार धनगढी आउने

२०८१ भदौ २७ गते बिहीबार, धनगढी । पल शाह र पुजा शर्मा  बिहिबार भाद्र २७ गते दिउसो १२ बजे र २ः३० को शोमा धनगढी आउने भएका हुन् । गत शुक्रबारबाट