बजार सरसफाई गर्दै कृष्णपुरका जनप्रतिनिधि

जय महाकाल युवा समुहको अगुवाइमा कृष्णपुर नगरपालिका वडा नम्बर २ स्थित बाणी बजारमा सरसफाई गरिएको छ । हरियो नेपाल:सफा नेपाल निर्माण अभियान अन्तर्गत जय महाकाल युवा समुहले शनिवार बाणी बजार क्षेत्रमा २६ औँ हप्ता साप्ताहिक सरसफाई  कार्यक्रम गरिएको हो ।

 

सरसफाई कार्यक्रममा कृष्णपुर नगरपालिका वडा नम्बर २ का जनप्रतिनिधि समेत सरिक भएका छन् । कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष अर्जुन साउँदले बाणी बजार सरसफाई गरेका छन् ।

 

बजार क्षेत्रलाई सफा,स्वच्छ,सुन्दर राख्न सरसफाई गरिएको वडाध्यक्ष साउँदले बताए । बजार सरसफाई नहुँदा दुर्गन्ध फैलिने भएकाले जय महाकाल युवा समुहको अगुवाइमा गरिएको सरसफाई कार्यक्रममा सहभागि भएर बजार क्षेत्र सरसफाई गरिएको वडाध्यक्ष साउँदले बताए ।

 

सरसफाई कार्यमा सडक किनारमा अव्यवस्थित रुपमा फालिएका र पसल,वरीपरी फालिएका फोहर संकलन गरी हटाइएको थियो ।

 

सरसफाई कार्यक्रममा वडाध्यक्ष साउँद सहित वडा सदस्य राजेन्द्र बहादुर सिंह,बाणी बजार व्यवस्थापन समितिका सचिव भुवन धामी,पूर्व अध्यक्ष डम्मर जोशी,जनउत्थान आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नरेश कार्की,स्थानीय व्यापारी,समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

 

जय महाकाल युवा समुहले कृष्णपुर २ बनहरामा गौरक्षाका लागि गौशाला निर्माण गरेको छ । सामाजिक कार्यमा सक्रिय रुपमा लागि रहेको यस युवा समुहले असाहयलाई सहारा दिदै समाजमा भइरहेका विकृति,विसंगति विरुद्ध लागिरहेको छ ।

प्रतिकृया दिनुहोस

आज भाद्र शुक्ल पञ्चमीः सनातन धर्मावलम्बी महिलाहरुले सप्तर्षिको पूजाआराधना गरी ऋषिपञ्चमी पर्व मनाउँदै

२०८१ भदौ २३ गते आइतबार,। भाद्र शुक्ल पञ्चमी, सनातन धर्मावलम्बी महिलाहरुले आइतबार ऋषिपञ्चमी पर्व मनाउँदैछन्। सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ

शुक्लाफाँटामा हरितालिका तीजको अवसरमा शुभकामना तथा सांस्कृतिक तीज कार्यक्रम मनाइयो

२०८१ भदौ २२ गते शनिबार, झलारी, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा तीज कार्यक्रम मनाइएको छ।   शुक्रवार शिवपार्वती महिला समुहको आयोजनामा

आज गणेश चतुर्थी, गणेश भगवानको विशेष पूजा आराधना गरी गणेश चतुर्थी मनाइँदै

२०८१ भदौ २२ गते शनिबार, । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक,