भारतलाई हराउँदै नेपाल फाइनलमा

साफ  वुमेन्स च्याम्पियनसिप २०२२ को फाइनल नेपाल र बंगलादेशबीच हुने भएको छ । नेपालले दशरथ रंगशालामा भएको रोमान्चक दोस्रो सेमिफाइनलमा भारतलाई १(० ले हराएर उपाधि भीडन्तसम्म पुगेको हो ।

 

उपाधिको भीडन्त सोमबार हुनेछ । यस क्रममा प्रतियोगिताले नयाँ च्याम्पियन पाउनेछ । प्रतियोगिताकै इतिहासमा भारत फाइनल नपुगेको यो पहिलो पल्ट हो । नेपालले भने पाँचौँपल्ट फाइनल खेल्नेछ।भारतको यो लगातार दोस्रो हार हो । यस अगाडि भारत लिग चरणमा बांग्लादेशसँग पनि पराजित भएको धियो । भारत यस अगाडिका सबै संस्करणको विजेता हो ।

 

साफ च्याम्पियनसिपको इतिहासमा भारतमाथि नेपालको यो पहिलो जित हो । समग्रमा नेपालले भारतलाई हराएको दोस्रो पल्ट हो । यस अगाडि सन् २०१९ को हिरो गोल्डकपमा पराजित गरेको थियो ।

 

नेपालको लागि ४५ औं मिनेटमा रश्मी घिसिङले निर्णयक गोल गरेकी हुन् । प्रिती राईको सटिक पासमा उनले पेनाल्टी एरियाबाट सुन्दर प्रहारमा बललाई पोस्टको दिशा दिइन् ।

 

यस अगाडि पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८-० ले हराएको थियो । त्यसमा सबिना खातुनले ह्याट्रिक गरिन् । बंगलादेश फाइनल पुगेको यो दोस्रो पल्ट मात्र हो । यस अघि बांग्लादेशले सन् २०१६ को फाइनल खेलेको थियो ।

प्रतिकृया दिनुहोस

एन्फा महिला लिगमा पुलिससँग सुदूरपश्चिम ९–० गोलले पराजित

२०८१ भदौ २२ गते शनिबार, काडमाण्डौँ । एन्फा महिला लिगमा पुलिससँग सुदूरपश्चिम पराजित भएको छ। निरु थापा र दिपा न्यौपानेको ह्याट्रिकप्रेरित विभागीय टोली

धनगढीमा खुल्ला क्रिकेट प्रतियोगिता हुने

२०८१ भदौ १९ गते बुधबार, धनगढी । कैलालीको धनगढीमा प्रथम करन उमेश स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।   फारवेष्ट पशुपति युवा

एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र बागमती खेल्दै

२०८१ भदौ १७ गते सोमबार, काठमाडौँ ।  एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र बागमती खेल्दैछन् । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्स