भारतमा कोरोनाबाट २४ हजार बढीको मृत्यु,संक्रमितको संख्या ९ लाख ३७ हजार नाघ्यो

काठमाडौं – भारतमा कोरोना भाइरसको संक्रमणले २४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा मृतक संख्या २४ हजार ३१५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५८८ जनाको मृत्यु भएको छ ।

 

६ दिनमा करिव २ लाख संक्रमित देखिएको भारतमा बुधबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको संख्या ९ लाख ३७ हजार ४८७ पुगेको छ ।

 

त्यसमध्ये २९ हजार ८४२ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । पछिल्लो एक हप्ता यता संक्रमितको संख्या भारतमा अस्वाभाविक तवरले बढ्दै गएका छन् । पछिल्लो ६ दिनमा मात्रै १ लाख ९३ हजार ९८६ जना संक्रमित भएका छन् ।

 

भारतमा संक्रमितको कुल संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । अहिलेसम्म संक्रमितमध्ये ५ लाख ९३ हजार ८० जना संक्रमणमुक्त भएका छन् भने ३ लाख २० हजार ९२ जनाको उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

दोधारा चाँदनीलाई देशकै ठूलो नाकाका रुपमा विकास गर्छौं _ गृहमन्त्री लेखक

२०८१ भदौ २० गते बिहीबार,कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने बताउनुभएको छ

ब्राजिलमा सामाजिक सञ्जाल ‘एक्स माथि प्रतिबन्ध

२०८१ भदौ १७ गते सोमबार, एजेन्सी । ब्राजिलको सर्वोच्च अदालतले ट्विटरको रुपमा चिनिने सामाजिक सञ्जाल एक्सलाई ब्राजिलमा तत्कालै प्रतिबन्ध लगाउन आदेश

बाइडेनविरुद्ध महाभियोग मुद्दा दर्ता

२०८१ भदौ ०४ गते मंगलबार, एजेन्सी ।  कंग्रेसका रिपब्लिकनहरूले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता