कैलाली डुबानमा

 दुर्गा देवकोटा , रासस -  मङ्गलबार रातिदेखिको लगातार वर्षापछि कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् । अविरल वर्षाले सिँचाइ कुलो भरिएर बस्तीमा पस्दा कैलालीको जानकी गाउँपालिकाका अधिकांश ठाउँ जलमग्न भएका छन् । नदी तथा कुलाको पानी गाउँ पसेपछि सयौँ घर डुबानमा परेका छन् । घरमा पानी पस्दा खाद्यान्न, अन्नपात भिजेर नष्ट भएका स्थानीयवासी शुभम चौधरीले जानकारी दिनुभयो ।

 

जानकी–३, ७, ८, ९ का सयौँ घर डुबानमा परेको चौधरी बताउनुहुन्छ । “कुलो फुटेर बस्तीमा पस्दा सयाँै बिघा खेतीयोग्य जमिन पटानी भएको छ”, चौधरीले भन्नुभयो, “सयौँ घरमा अन्नपात र लुगाकपडा भिजेको छ । केही बस्ती सार्नुपर्ने अवस्था आएको छ । हामीले प्रहरीलाई खबर गरेका छौँ ।” टीकापुर नगरपालिका–५ शाहीपुर, सिम्रेनी, वडा नं ६ को बेलुवा बस्ती डुबानमा परेको छ । माथिल्लो तटको पानी बग्दै जाँदा यी क्षेत्रमा बाढीको खतरा बढेको छ । निरन्तर वर्षा भएपछि कर्णाली नदीमा निर्माण भएको तटबन्ध भत्कने जोखिम बढेको छ । तटबन्ध भत्कन थालेपछि कर्णाली नदी बस्तीमा पस्ने खतरा बढेको स्थानीयवासी बडघर धर्मराज जैशीले बताउनुभयो । “वर्षाले गाउँ जलमग्न भएपछि सबैतिरका सडक बन्द भएका छन्”, बडघर जैशीले भन्नुभयो, ‘‘उद्धारका लागि शाहीपुर–सिम्रेनी जानसक्ने अवस्था छैन ।

 

यस्तै वर्षा निरन्तर भइरहे बस्ती सानुपर्नेछ ।” लगातारको वर्षाका कारण टीकापुरको जमरा नदीमा पानीको बहाव बढेको छ । जमरा कुलोमा पानी सहतभन्दा माथि पुगेपछि बस्तीमा बग्न थालेको छ । पानी बस्तीमा पसेपछि मुनुवास्थित किसान बिजवृद्धि कृषि सहकारी संस्थामा रहेको २०० क्विन्टल गहुँको बीउ र मौज्दात मल भिजेर नष्ट भएको छ । नदी पुलभन्दा छ फिट माथिबाट बग्न थालेपछि सामान सार्न जानसक्ने अवस्था नरहेको दिलबहादुर चौधरीले जानकारी दिनुभयो । टीकापुरमा रहेका सिँचाइ कुला भरिएपछि टीकापुरका सबैजसो बस्ती जलमग्न भएका छन् ।

 

टीकापुरमा सयौँ घरमा पानी पसेको स्थानीय दुर्गा बुढामगरले बताउनुभयो । उता कैलालीको भजनी र जोशीपुर क्षेत्र पनि डुबानमा परेको छ । भजनी र जोशीपुरमा पनि सयौँ परिवार विस्थापित हुने अवस्था आएको छ । भजनीस्थित पत्रकार कुसुम धामीका अनुसार भजनी–३ र ७ मा रहेका सयौँ घर डुबानमा परेपछि उनीहरुलाई उच्च स्थानमा सार्ने तयारी थालिएको छ ।

 

यसैगरी जोशीपुर गाउँपालिकाका अधिकांश वडा जलमग्न भएका छन् । कान्द्रा र काँडा नदी सतहभन्दा माथि पुगेपछि जोशीपुर–१, ३, ५, ७ का अधिकांश बस्ती डुबानमा परेका स्थानीय पदम बोहराले बताउनुभयो । “नदी भरिएर बस्ती डुबानमा मात्र परेका होइन, सयाँै बिघा धानखेती पटानी भएको छ”, बोहरा भन्नुहुन्छ, “रातभर वर्षा भएकाले अहिले डुबानमा रहेका बस्तीमा राहत तथा उद्धारका लागि तयारी भइरहेको छ ।” कैलालीका कर्णाली, मोहना, काडा, कान्द्रा, खुटियालगायतका नदीमा पानीको बहाव बढेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

 

रातभरिको वर्षापछि कैलालीमा बिहानैबाट प्रहरी उद्धारमा खटेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानले जानकी गाउँपालिकाका केही नागरिकलाई बस्तीबाट सार्ने तयारी गरिएको बताउनुभयो । “जहाँ–जहाँ जोखिम छ, त्यहाँ समूहमा प्रहरी परिचालन गरेका छौँ”, प्रहरी प्रमुख न्यौपानेले भन्नुभयो, ‘‘स्थानीयस्तरमा रहेका उच्च घर, सामुदायिक वन तथा विद्यालयमा सार्ने तयारी थालेका छौँ । जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा प्रहरी उद्धारमा खटेको छ । विवरण आउन बाँकी छ ।”

 

प्रतिकृया दिनुहोस

आज ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

२०८१ भदौ २३ गते आइतबार, काडमाण्डौँ । आज ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ।   हरेक वर्ष सेप्टेम्बर ८ का दिन यो दिवस

कर्णालीमा ‘लो भोल्टेज’ को समस्या, कर्णालीले पटक पटक ऊर्जामन्त्री पायो, उज्यालो पाएन

२०८१ भदौ २२ गते शनिबार, सुर्खेत । देश लोड सेडिङमुक्त भएको पाँच वर्ष नाघ्यो तर कर्णालीमा विद्युत् कटौती नभएको दिन हुँदैन। यहाँका घर, अस्पताल, स्कुल,

फेसबुकले बालेनसँग माग्यो माफी, फेसबुकले फिर्ता गर्‍यो बालेनको स्टाटस

२०८१ भदौ २२ गते शनिबार, काडमाण्डौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको टाइमलाइनबाट गायब भएको एउटा फेसबुक पोस्ट ४ दिनमा रिकभर भएको छ ।