कञ्चनपुरको बेलडाँडीमा लिटिल ग्रिन पार्क निर्माण

२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा एक युवाले निजी लगानीमा लिटिल ग्रिन पार्क संचालनमा ल्याएका छन ।

 

बेलडाँडीका स्थानीय युवा ललित गिरीले निजी लगानीमा लिटिल ग्रिन पार्क संचालनमा ल्याएका हुन । गिरीले बेलडाँडी गाँउपालिका २ हुलाकी राजमार्ग छेउमै रौलेश्वर टोलमा ‘लिटिल ग्रिन पार्क’ संचालनमा ल्याएका छन । उनले आफ्नै झण्डै १५ कट्टा जमिन क्षेत्रफलमा बहुउपयोगी पार्क निर्माण गरेका छन । पार्कको चारैतिर विभिन्न प्रजातिका फुलहरु झकिझकाउ पारिएका छन ।

 

बालबालिकादेखि जेष्ठ नागरिक लक्षित गरेर पार्क निर्माण गरेका छन । गाँउघरमै उद्यम गर्न सकिने प्रणका साथ आफुले झण्डै १करोड लगानीमा पार्क निर्माण गरेको गिरीले बताए ।

 

‘मैले आफ्नै भातृभूमिमा केही उद्यम गर्न सकिन्छ, भन्ने सोचका लागि ५÷७ बर्षदेखि तयारी अघि बढाएका थिए, ‘उनले भने, ‘अब केही ठुला सरचना मात्रै बनाउन बाँकी छ, अधिकाँस बनिसकेका छन ।’बालबालिकाहरुलाई मनोरन्जनदेखि मझौला, ठुला हल निर्माण गरेर विभिन्न धार्मिक, समाजिक कार्यक्रम गर्नका लागि पार्किङ्ग, हल, स्वीमिङ्गपुल निर्माण गरिएका छन ।

 

पार्कभित्र खाजा नास्ताका लागि कटेज निर्माण गरिएको छ । अवलोकनकर्ताहरुका लागि नास्ताको सुविधा हुनेछ । ‘अधिकाँस सरचना हामीले निर्माण गरिसकेका छौँ, ‘उनले भने, ‘हल, स्वीमिङ्गपुल मात्रै बाँकी छ, त्यो पनि निर्माण कार्य अघि बढिसकेको छ ।’ हजारौँ मानिस हट्ने क्षमताको हल निर्माण गरेर भावि दिनमा विवाह, ब्रतबन्ध सहितका कामकाज गर्न सकिनेछ ।’ पार्कको चारैतिर अशोका बिरुवा सहित पर्खालमा समेत प्राकृतिक सजावटका दुबो लगाईएको छ ।
गाँउको पर्यटन, प्रर्बद्धनदेखि स्थानीयलाई विभिन्न मनोरन्जन सहित समाजिक सेवा दिने उदेश्यले पार्क निर्माण गरिएको बताए ।

 

पार्कको उत्तर पश्चिम शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कालिकिच ताल छेउ छेउमै रहेको पार्कले पर्या पर्यटनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । पार्कभित्र हजारौँ रोपिएका फुल सहितका बिरुवाले थप पर्यावरण स्वच्छ राख्ने दावि गरिएको छ ।

प्रतिकृया दिनुहोस

कैलालीको चुरे ४ को शिवपार्वती सामुदायिक वनमा आर्थिक अनियमितता

२०८१ असोज १४ गते सोमबार, कैलाली । काठ कटानी गरेर आम्दानी भएको सामुदायिक वनको पैसा काठ संकलनकर्तादेखि वडाध्यक्षसम्मलाई बाँडिएको छ ।   कैलाली को

आरक्षपीडितको संसदीय समितिलाई ज्ञापन

२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर । पुर्नस्थापनाको पर्खाईमा रहेका कञ्चनपुरका आरक्षपीडितले फेरी सांसदलाई ज्ञापन पत्र बुझाएका छन । प्रतिनिधी सभा

कञ्चनपुरको दोधारा चाँदनीबाट मध्यरातमा ६ जना जुवाडे पक्राउ

२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर। कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार मध्यरातमा