कैलालीको चुरे ४ को शिवपार्वती सामुदायिक वनमा आर्थिक अनियमितता

२०८१ असोज १४ गते सोमबार, कैलाली । काठ कटानी गरेर आम्दानी भएको सामुदायिक वनको पैसा काठ संकलनकर्तादेखि वडाध्यक्षसम्मलाई बाँडिएको छ ।

 

कैलाली को चुरे गाउँपालिका४ बालुवागडास्थित शिवपार्वती सामुदायिक वन उपभोक्ता समूहले पाएको ‘हावाहुरीबाट ढलेका रुख कटानी आदेश बाट संकलित काठ बेचेको पैसा संकलनकर्तादेखि वडाध्यक्षसम्मलाई बाँडिएको भेटिएको छ । टाठाबाँठाले सामुदायिक वनको पैसा अपचलन गरेको भन्दै स्थानीयले विरोधसमेत गरेका छन् । शिवपार्वती सामुदायिक वनले हावाहुरीबाट ढलेको काठ÷दाउरा सामुदायिक वनको विधानअनुसार डिभिजन वनको सहमतिमा कटानको आदेशपछि निकाल्न पाइने कानुनी प्रावधान छ ।

 

सोही प्रावधान अनुसार उक्त सामुदायिक वनले हावाहुरीबाट ढलेको १२ हजार ४ सय क्युफिट कटानीको आदेश पाएको थियो । तर, सामुदायिक वनका पदाधिकारी तथा ठेकेदारको मिलेमतोमा उक्त सामुदायिक वनबाट १५ हजार ४ सय ७० क्युफिट काठ कटानी गरिएको थियो । जहाँ ३ हजार ७० क्युफिट काठ भने अवैध रुपमा कटानी गरिएको छ ।

 

सामुदायिक वनका उपभोक्ताले डिभिजन वनको सहमतिभन्दा बढी रुख कटानी गरेको भन्दै स्थानीयले विरोध समेत गरेका थिए । उपभोक्ताको विरोधका बाबजुद पनि वन कर्मचारी, ठेकेदार र वन पदाधिकारीको मिलेमतोमा घटना सामसुम पारिएको स्थानीय बताउँछन् ।

 

योसँगै सामुदायिक वनले १ करोड ७९ लाख रुपैयाँ बराबरको उक्त काठ÷दाउरा बिक्री वितरण गरेको छ । तर, अहिले सामुदायिक वनको बैंक खातामा जम्मा ५ हजार रुपैयाँ मात्रै रहेको एक उपभोक्ताले बताए ।

 

उनले भने, ‘काठ बेचेबापत आएको १ करोड ७९ लाख रुपैयाँ मध्ये जम्मा ५ हजार रुपैयाँ मात्रै खातामा छोडेका छन् । बाँकी सबै निकालेर झ्वाम्म पारिसके ।

 

सामुदायिक वनको पैसा समूहका पदाधिकारी मिलेर नै हिनामिना गरेको आरोपमा सामुदायिक वनका अध्यक्ष किशोर खप्तडी मगर, सचिव सुशीला सिजापति र कोषाध्यक्ष योगेन्द्र चन्दको नाममा अख्तियारमा मुद्दा समेत परेको छ ।

 

सामुदायिक वनको खातामा काठ विक्रीबापत आएको १ करोड ७९ लाख रुपैयाँ मध्ये ५७ लाख ६१ हजार रुपैयाँ काठ व्यवसायी तथा संकलनकर्ता भरत थापा र वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरलाई ८ लाख ६५ हजार रुपैयाँ गत पुस महिनामा सापटी दिएको सामुदायिक वनका अध्यक्ष खप्तडी मगरले बताए ।

 

सामुदायिक वनले आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग तथा अनुसन्धान केन्द्र टंगाल काठमाण्डौं र महेन्द्रनगरस्थित कार्यालयमा मुद्दा परेको छ ।

प्रतिकृया दिनुहोस

आरक्षपीडितको संसदीय समितिलाई ज्ञापन

२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर । पुर्नस्थापनाको पर्खाईमा रहेका कञ्चनपुरका आरक्षपीडितले फेरी सांसदलाई ज्ञापन पत्र बुझाएका छन । प्रतिनिधी सभा

कञ्चनपुरको बेलडाँडीमा लिटिल ग्रिन पार्क निर्माण

२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा एक युवाले निजी लगानीमा लिटिल ग्रिन पार्क संचालनमा ल्याएका छन ।   बेलडाँडीका स्थानीय युवा

कञ्चनपुरको दोधारा चाँदनीबाट मध्यरातमा ६ जना जुवाडे पक्राउ

२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर। कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार मध्यरातमा