जागिरबाट रिटायरपछि ड्रागन खेतीमा रमाइरहे कञ्चनपुर कृष्णपुरका चक्रबहादुर

२०८१ असोज २९ गते, मंगलबार,कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बण्ड मोतिपुरका चक्रबहादुर विष्टले लामो समय टिम्बर कर्पोरेशनमा काम गरे । वरिष्ठ सहायक पाचौं तहमा पुगेका उनले दुई वर्षअघि ३० असार २०७९ मा अनिपार्य अवकास पाए ।

 

विष्टले सेवा निवृत्त हुनु अगावै २०७८ सालमा विष्टले ड्रागन खेतीमा राम्रो सम्भावना देखेको थिए । त्यसैले सेवा निवृत्त भएपछि दुई कठ्ठा क्षेत्रफलमा ड्रागन खेती सुरु गरे । ‘टिम्बर कर्पोरेशनको जागिरबाट रिटायर भएपछि खाली हात के बस्ने भन्ने लागेको थियो,’ विष्टले भने, ‘ड्रागनले कम लगानीमा राम्रो प्रतिफल दिन्छ भनेर सुरुवात गरिएको हो । अहिले राम्रो भइरहेको छ ।’

 

अहिले विष्टले पौने आठ कठ्ठा जमिनमा ड्रागन खेती विस्तार गरेका छन् । सुरुमा २०० वोटबाट खेती थालेका विष्टसँग अहिले ड्रागनका १५०० वोट छन् । दुई वर्षको अवधीमा तीन क्वीन्टल जति ड्रागन बिक्रि पनि गरिसकेका छन् ।
विष्टले अहिलेसम्म कुनै तालिम लिएका छैनन् । यही खेती गरिहेकाहरुको भिडियो हेरेर गोडमेल तथा विषादी व्यवस्थापन गर्ने गरेका छन् ।विष्टको अनुभवमा जेठदेखि कात्तिक महिनासम्म फल्ने ड्रागनको बजारको समस्या हुने रहेछ ।

 

डिलासैनी ड्रागन कृषि फार्म दर्ता गरेर व्यवसाय गरिरहेका विष्टका अनुसार आफूले खोजेकोभन्दा पनि खरिदकर्ताले तोकेको भाउमा बिक्रि गर्नुपर्ने बाध्यता छ । ‘बजारको अभाव छ, विचौलियाले गर्दा उत्पादनकर्ता मर्कामा परेका छन्,’ विष्टले भने । त्यसैले भाटभटेनी सुपर मार्केट धनगढी र झलारीमा उत्पादन बिक्री गर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस

आजको मौसम

२०८१ कार्तिक ०१ गते बिहीबार । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा स्थानीय वायुको पनि आंशिक

आजको मौसम

२०८१ असोज ३० गते बुधबार, । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा स्थानीय वायुको पनि आंशिक

आजको मौसम

२०८१ असोज २९ गते, मंगलबार । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै बाँकी प्रदेशहरूमा पश्चिमी वायुको साथै