चिसो बढ्यो, तापक्रम घट्दा कठ्याङ्ग्रिने जाडो, सुदूरपश्चिम र कर्णालीमा हिउँदे वर्षा र हिमपात
२०८१ मंसिर २५ गते, मंगलबार । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली छ। बदलीसँगै काठमाडौं उपत्यकासहित पूर्वी पहाडी र सुदूर तथा कर्णालीमा पहाडी क्षेत्रमा चिसो बढेको छ।
पश्चिम नेपालमा हिजोदेखि हिउँदे वर्षा शुरू भएको छ । पश्चिमी वायु तिब्बततिर सरेको र हावामा रहेको बाष्प थोरै भएको करण हिउँदे वर्षा सुदूरपश्चिम र कर्णालीमा मात्र सीमित भएको मौसमविद्ले बताएका छन् ।
हिजो पश्चिमी र स्थानीय वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ ।
आजदेखि फेरि मौसममा सुधार आउने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । पश्चिमी वायुको थोरै प्रभावले देशका विभिन्न ठाउँमा अहिले मौसम बदली भएको छ । तराई क्षेत्रमा बिहान केही समय हुस्सु लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । मौसम बदलीसँगै सुदूरपश्चिम सहित पूर्वी पहाडी र सुदूर तथा कर्णालीमा पहाडी क्षेत्रमा चिसो बढेको छ ।
राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
काठमाडौं उपत्यकाको अधिकतम र न्यूनतम तापक्रम दुवै घटेसँगै चिसो बढेको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १८ डिग्री सेल्सियसभन्दा तल पुगेको छ। न्यूनतम तापक्रम समेत ५ डिग्री सेल्सियस हाराहारी आएको महाशाखाले जनाएको छ।
तराईमा दिउँसो हुस्सु कम हुँदै, भोलिदेखि हिमपातको सम्भावना
पुष २०, २०८१ शनिबार । काठमाण्डौ – तराईमा केही दिनदेखि दिनभर हुस्सु लाग्ने गरेकोमा हिजोदेखि सुधार हुन थालेको छ । बिहानपख हुस्सु लागे पनि दिउँसो हटेर
पश्चिम नेपालमा आज देखि फेरी चिसो बढ्ने, हिमपात र हल्का वर्षाको सम्भावना सचेत रहन आग्रह
७ पुष २०८१, आईतवार नेपालको पश्चिमी भूभागमा अबको केही दिन चिसो बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी न्यूनचापीय
पश्चिमी न्यून चापीय प्रणालीका कारण एकाएक मौसम बदली, चिसो अझै बढ्ने, भोलि र पर्सि हिमाली क्षेत्रमा हिमपातको सम्भावना,
२०८१ मङ्सिर २२ शनिबार, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको कारण एकाएक काठमाडौं उपत्यकासहित देशभरको मौसममाआंशिक तथा साधारण बदली आएको छ ।
प्रतिकृया दिनुहोस