तराईमा दिउँसो हुस्सु कम हुँदै, भोलिदेखि हिमपातको सम्भावना

पुष २०, २०८१ शनिबार । काठमाण्डौ – तराईमा केही दिनदेखि दिनभर हुस्सु लाग्ने गरेकोमा हिजोदेखि सुधार हुन थालेको छ । बिहानपख हुस्सु लागे पनि दिउँसो हटेर जान थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार तराईका विभिन्न ठाउँमा आज पनि बिहानको समयमा हुस्सु लागेको छ । तर दिउँसोपख हुस्सु हट्ने महाशाखाले जनाएको छ ।

 

यसैबीच भोलिदेखि मौसम बदली हुने भएको छ । पश्चिमी वायुको प्रभावले भोलि र पर्सि उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । पानी पर्ने सम्भावना भने कम रहेको, तर कतैकतै छिटपुट वर्षा हुन सक्ने मौसमविद गोविन्द झाले जानकारी दिनुभयो ।

 

मौसमविद झाका अनुसार पश्चिमी वायुको प्रभाव पश्चिमी पहाडी क्षेत्रमा बढी पर्ने सम्भावना छ । 

प्रतिकृया दिनुहोस

पश्चिम नेपालमा आज देखि फेरी चिसो बढ्ने, हिमपात र हल्का वर्षाको सम्भावना सचेत रहन आग्रह

७ पुष २०८१, आईतवार   नेपालको पश्चिमी भूभागमा अबको केही दिन चिसो बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी न्यूनचापीय

चिसो बढ्यो, तापक्रम घट्दा कठ्याङ्ग्रिने जाडो, सुदूरपश्चिम र कर्णालीमा हिउँदे वर्षा र हिमपात

२०८१ मंसिर २५ गते, मंगलबार  । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली छ। बदलीसँगै काठमाडौं उपत्यकासहित पूर्वी पहाडी र सुदूर तथा

पश्चिमी न्यून चापीय प्रणालीका कारण एकाएक मौसम बदली, चिसो अझै बढ्ने, भोलि र पर्सि हिमाली क्षेत्रमा हिमपातको सम्भावना,

२०८१ मङ्सिर २२ शनिबार, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको कारण एकाएक काठमाडौं उपत्यकासहित देशभरको मौसममाआंशिक तथा साधारण बदली आएको छ ।